एजेन्सी – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफू अस्पतालमा रहेको समयमा आफूलाई जीवित राख्नका लागि लिटरका लिटर अक्सिजन दिइएको बताएका छन् ।
उनलाई ३ दिन आईसियुमा राखेर उपचार भएको थियो ।
लण्डनको सेन्ट थोमस अस्पतालनामा हुँदा आफूले आफैलाई अस्पतालबाट म कसरी बाहिर निस्कन सक्छु होला ? भनेर सोध्ने गरेको उनले बताएका छन् ।
उनको अन्तर्वार्ता सार्वजनिक हुनु केही पूर्व प्रधानमन्त्री जोन्सनकी फियोन्सी क्यारी सिमोण्डसले हाल जन्मिएको आफूहरुको छोराको नाम विल्फ्रेड लवरी निकोलस जोन्सन राखिएको बताएकी थिइन् ।
दुई हजुरबुवा र प्रधानमन्त्री जोन्सनलाई उपचार गरेका दुई डाक्टरको सम्मानमा उनीहरुको सन्तानको नाम उनीहरुबाट राखिएको सिमोण्डसले खुलाइन् ।
गएको बुधबार सिमोण्ड्सले छोरा जन्मएकी हुन् । प्रधानमन्त्री जोन्सन आइसियूबाट बाहिर आएको हप्ता दिनपछि उनका छोरा जन्मिएका हुन् ।
द सनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीले मोनिटरका सूचकहरु गलत दिशा तर्फ जाँदाको अस्पतालको क्षण अति विरुप रहेको उल्लेख गरेका छन् ।
जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मार्च २६ मा उपचार गरिएको थियो । त्यसको १० दिनपछि उनी अस्पताल भर्ना भएका थिए । त्यसको अर्को दिन उनलाई आइसियूमा सारिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस