काठमाडौं – नेकपा सचिवालय बैठक आज शनिवार बस्दै छ । ३ दिनअघि १७ गतेको बैठकमा नेताहरुबीच खासै छलफल नभएपछि नेकपाको सचिवालय बैठक शनिवारका लागि डाकिएको हो ।
यसअघिको बैठकमा पार्टीका आन्तरिक समस्या, स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमण अन्त्य भएपछि नेता बामदेव गौतमलाई प्रधानमन्त्री र वरीष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।
उनको यो प्रस्तावलाई नेपाल गौतमले अस्वीकार गर्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले दल फुटाउनेसहित २ वटा अध्यादेश ल्याएसँगै नेकपाभित्र ठूलै हलचल भैरहेको छ ।
सचिवालय बैठक बस्नुअघि शनिबार पनि नेताहरु आन्तरिक छलफलमा जुट्दै छन् । यसअघि पनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड, अध्यक्ष प्रचण्ड र वरीष्ठ नेता नेपाल, वरीष्ठ नेता नेपाल र प्रधामन्त्री ओलीले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस