सोल-दक्षिण कोरियामा कोरोना संक्रमणका कारण ज्यान गुमाउने अधिकांशमा पहिलेबाट नै कुनै न कुनै प्रकारको दीर्घ रोग रहेको कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले बताएको छ ।
दक्षिण कोरियामा अप्रिल मसान्त सम्ममा २४७ जनाले ज्यान गुमाईसकेको बताउदै ति मध्ये ९८.८ प्रतिशत मृतक पहिलेबाट नै कुनै न कुनै रोगबाट ग्रस्त रहेको केन्द्रले जनाएको छ ।
ज्यान गुमाउने मध्ये कार्डियाक इन्फेक्सन, कार्डियाक इनसफिसियन्सी लगायतका रोगबाट सबै भन्दा बढी करिव ७६.९ प्रतिशत अर्थात १ सय ९० जना मानिस ग्रसित थिए ।
त्यसै गरि मोटोपनाबाट करिव ४९.४ प्रतिशत अर्थात १ सय २२ जना मानिस ग्रस्त रहेका थिए भने मानसिक रोगबाट ४९.४ प्रतिशत अर्थात १०९ जना मानिस ग्रस्त थिए ।
केन्द्रले दिएको जानकारी अनुसार कोरियामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको औसत आयु ७७.३ बर्ष रहेको छ । ६५ बर्ष भन्दा बढी उमेर समुहका मृतकको संख्या भने ८६.२ प्रतिशत रहेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दक्षिण कोरियामा फैलिएको संक्रमणबाट ज्यान गुमाउने मध्ये ७२.५ प्रतिशत अस्पताल तथा भीडभाड युक्त क्षेत्रबाट संक्रमित, १०.५ प्रतिशत सिछन्जी चर्चमा भएको संक्रमण तथा ८.५ प्रतिशत संक्रमित सँगको सम्पर्कबाट संक्रमितहरु रहेका छन् ।
त्यसै गरि मृतकहरु मध्ये ६९.९ प्रतिशत अर्थात १७२ जना डेगुबाट छन्, उत्तरी ग्योङसाङबाट २१.१ प्रतिशत अर्थात ५२ जना, जियोङ्जी बाट ६.१ प्रतिशत अर्थात १५ जना, बुसानमा ३ जना, सोलमा २ जना ग्याङ्वन प्रान्तमा २ जना तथा उल्सानमा १ जनाले ज्यान गुमाएको केन्द्रले जनाएको छ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस