सोल – उत्तर कोरियाबाट निस्कासित भएर दक्षिण कोरियामा समानुपातिकबाट सांसद भएका जी सङ्ग होले नेता किम जोङ उनको मृत्युको समाचार ९९ प्रतिशत सत्य भएको दावी गरेका छन् ।
मुटुको जटिल शल्यक्रिया पश्चात गत हप्ता नै नेता किमको मृत्यु भइसकेको उनले दावी समेत गरेका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उनका बारेमा सञ्चार माध्यमहरुले विगत एक हप्ताबाट निरन्तर समाचार बनाइरहेका बेला उनको सो भनाई बाहिर आएको हो ।
गत साता आएका समाचारहरुमा किम मृत्युको मुखमा पुगेको बताइएको थियो ।
कोरिया टाइम्स्का अनुसार जी सङ्ग दक्षिण कोरियाको एक सानो राजनैतिक दलबाट गत १५ अप्रिलको निर्वाचनमा समानुपातिक तर्फबाट विजयी नेता हुन् ।
उनका अनुसार किमको मृत्यु भइसकेको छ र सम्भवत: यो हप्ता उनको मृत्युको घोषणा गरिदै छ । उनले आफ्नो भनाई प्रति ९९ प्रतिशत विश्वस्त रहेको पनि बताएका छन् ।
दक्षिण कोरिया सरकारले किमका बारेमा कुनै अप्रिय समाचार नसुनेको बताइरहेको बेला सांसद जी सङले भने सो दावा गरेका हुन् ।
श्रोत उल्लेख नगरि उनले आफुले विश्वस्त शुत्रबाट सो समाचार पाएको पनि बताएका छन् । मुटुको शल्यक्रिया गरेको व्यक्ति यति लामो समय सम्म गुपचुप बस्न नसक्ने बताउदै आगामी हप्तासम्म उनको मृत्युको समाचार बाहिर आउने दावी समेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस