काठमाडौं – दूरसञ्चार प्राधिकरणले नेपालमा कोरोनाभाइरसका कारण लकडाउन घोषणा गरिएयता डेटा प्रयोग गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ।
लकडाउन अगाडिको समयमा भन्दा अहिले खासगरी भिडिओ हेर्ने प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि भएको उसले उल्लेख गरेको छ।
“युट्यूब हेर्ने र भिडिओ गेम खेल्ने प्रयोगकर्ता धेरै बढेको देखिन्छ। त्यसपछि फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सञ्जालहरू धेरै चलाइएको देखिन्छ,” प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने।
उनका अनुसार लकडाउनपछिको तथ्याङ्क हेर्दा ७५।६ प्रतिशतले युट्यूब, ७४ प्रतिशतले फेसबुक, ४० प्रतिशतले इन्स्टाग्राम अनि १८ प्रतिशतले टिकटकका प्रयोगकर्ता बढेका छन्।
नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम लगायतका सबै दूरसञ्चार प्रदायक कम्पनीको तथ्याङ्क हेर्दा लकडाउनअघि र पछिको समयमा मोबाइल डेटा र भ्वाइस (फोनकल) मा पनि निकै परिवर्तन आएको छ।
“भ्वाइस ट्राफिक ९फोन कलको परिमाण० करिब ३५ देखि ४० प्रतिशतले घटेका छन् भने डेटा ट्राफिक ३५ देखि ४० प्रतिशतले नै बढेको देखिन्छ,” अध्यक्ष खनालले भने।
लकडाउनका कारण अधिकांश उमेर समूहका मानिस घरमै रहँदा फोन गर्नुपर्ने आवश्यकता कम भएको सेवा प्रदायकहरूको अनुभव छ।
विद्यालय र धेरैजसो कार्यालय बन्द रहँदा पनि भोइसको प्रयोगमा कमी आएको मात्र होइन, आजकाल कल पनि अरू माध्यममार्फत् हुन थालेका छन्।
खासगरी बालबालिकादेखि वयस्कसम्म सबैले मोबाइल वा अन्य ग्याजेटमा इन्टरनेट चलाउँदा डेटाको खपत बढेको बताइन्छ।
मानिसहरू फोनबाट भन्दा इन्टरनेटमार्फत् चलाइने भिडिओ कलहरूमा अभ्यस्त हुन थालेकाले पनि भ्वाइसमा भन्दा डेटा प्रयोगकर्ता बढ्न थालेको बताउँछन् नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी।
उनले भने, “विदेशमा रहेकाले खासगरी अन्तर्राष्ट्रिय रोमिङ गर्नेमा पनि अहिले कमी आएको छ। कामविहीन भएर बसेका कारण उनीहरूले फोनमा खर्च गर्न नसकेको पनि हुन सक्छ।”
घरमा बस्ने अधिकांशले मनोरञ्जनात्मक भिडिओहरू वा सामाजिक सञ्जाल धेरै चलाएको पाइएको उनले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस