सोल- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्य बारे विश्वभर फैलिएका समाचारको प्रत्यक्ष असर उत्तर कोरियकली राजधानी प्योङयाङमा परेको छ ।
वासिङ्टन पोष्टमा प्रकाशित समाचार अनुसार उक्त समाचारको प्रत्यक्ष असर उत्तरको आर्थिक गतिविधिमा परेको छ बताइएको छ ।
वासिङ्टन पोष्टका बेइजिङ स्थित डेलि व्युरो प्रमुख आन्ना फिफिल्डका अनुसार हाल उत्तर कोरियाको राजधानी प्योङयाङ लगायतका शहरहरुमा कपडा धुने साबुन, चामलदेखि विद्युतिय सामाग्री लगायतका सामानहरु नपाएर छटपटाईरहेका छन् ।
हाल उत्तर कोरियाले आयातित सामाग्रीहरुको प्रयोगमा कडाई गर्दै स्थानीय उत्पादनलाई बढावा दिइरहेको छ । चीनमा फैलिएको कोरोना संक्रमण पश्चात उसले आयातित सामाग्रिहरुको प्रयोगमा कमि ल्याएको छ । उत्तर कोरियाले घरेलु उत्पादनहरु क्यान्ड फिस, चुरोट लगायतका उत्पादनको प्रयोगलाई प्राथमिकतामा राखेको छ ।
प्योङयाङमा गरिएको एक प्रश्नोत्तरमा स्थानीय डिपार्टमेन्ट सञ्चालकहरुले उत्तर कोरियाका दैनिक उपभोग्य बस्तुहरुको मुल्यमा कुनै तलमाथि नभएको बताएका भएता पनि सर्वसाधारणले भने आफूहरु सँग खानका लागि चामल किन्ने सम्मको पैसा नभएको बताउदै कतिपयले मोवाइलमा ब्यालेन्स हाल्ने पैसा समेत नभएको र कतिपयले मोवाइल धरौटी राखेर खाध्यान्न किन्ने गरेको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस