मार्तडी- बाजुराको खप्तड छेडेदह गाउँपालिकामा बनाइएका क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो आएको छ ।
गाउँपालिकाले दशरथ मावि, मष्टेश्वरी मावि, देवस्थलीलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिहेको छ । सोही गाउँपालिका–२ माटेसाँघुमा रहेको देवस्थली माध्यमिक विद्यालयमा क्वारेनटाइन निर्माण गरेको भए पनि व्यवस्थापन राम्रो नभएको क्वारेनटाइनमा बसेका यज्ञ शाहीले बताए । बस्ने बेञ्चबाहेक अन्य कुनै पूर्वाधार नभएको र अमानवीय व्यवहार गरिएको उनीहरुले आरोप लगाउनुभएको छ ।
हाल धनगढीबाट आएका २५ जना सोमबारबाट उक्त क्वारेन्टाइनमा बस्न थालेका छन् तर उनीहरुको बसाइ र सुरक्षाको अवस्था असुरक्षित र अव्यवस्थित छ ।
क्वारेनटाइनमा बस्दा स्वास्थ्य जाँच गर्नुपर्ने भए पनि कुनै पनि जाँच नगरेको र जाँचबिना नै क्वारेनटाइनमा राखिएको उनीहरुको गुनासो छ । २५ जनामा महिला र बालबालिका भए पनि व्यवस्थापन भने केही नभएको पाइएको छ । आफूहरुले घरबाट आफन्तसँग लुगा मगाएर बस्ने गरेको शाहीको भनाइ छ । वडाध्यक्ष मीनबहादुर शाहीले भने आफूहरुले व्यवस्थापन गर्न लागिपरेको र गलत प्रचारमा नलाग्न आग्रह गरे ।
धेरै जना एकसाथ आएकाले केही असुविधा भए पनि व्यवस्थापन तत्काल गर्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताएका छन् । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले भने त्यसबारे बुझेर व्यवस्थापनका लागि सहजीकरण गर्ने बताए ।
खानेपानीको समेत अभाव
पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकुको स्वामीकर्तिक माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानीसमेतको अभाव हुँदा क्वारेन्टाइनमा बस्नेले दैनिक कष्ट भोग्दै आएका छन् ।
क्वारेन्टाइनमा खान, बस्न र लत्ताकपडाको उपलब्धताभन्दा पनि खानेपानीसमेत अभाव रहेको पाइएको छ । जुकुमा सञ्चालनमा रहेको क्वारेन्टाइनमा खानेपानीसमेत नभएको क्वारेन्टाइनमा बसेका दिनेश खत्रीले बताए ।
उनले तीन दिनदेखि गाउँपालिका र वडा कार्यलयले क्वारेन्टाइनमा राखे पनि खान, लत्ताकपडासमेत आफ्नै घरबाट ल्याउनुपरेको गुनासो गरे ।
जिल्ला बाहिरबाट आएर गाउँपालिकाका वडाले निर्माण गरेका क्वारेन्टाइनमा बसेर आधारभूत आवश्यकता खानेपानी, खाना, बस्न र ओछ्याउनेसमेतको व्यवस्था नभएकाले कष्टकररूपमा दैकिनी बिताउनुपरेको नरेश खत्रीले दुखेसो गरेका छन् ।
स्वामिकार्तिक खापर गाउँपालिका–३ का वडाध्यक्ष वीरजित कट्टेलले क्वारेन्टाइनमा बसेकाका लागि खानेपानी, ओढ्नेओछ्याउने, खान र बस्नका गरेको बताएका छन् ।
–––
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस