एजेन्सी – कोरोनाको संक्रमण नियन्त्रणमा समस्या भैरहेको समयमा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि अनिवार्य नियम तोडेका छन् । उनले मास्क नलाई अमेरिकाको एक ठूलो अस्पतालको भ्रमण गरेका छन् ।
उपराष्ट्रपति पेन्सले भ्रमण गरेको अस्पतालकै आफ्नै नियममा पनि आगन्तुकहरुले अनिवार्य रुपमा मास्कसहितका व्यक्तिगत सुरक्षात्मक सामग्री लगाउनु पर्ने उल्लेख छ ।
टोलीमा रहेका सबैले मास्क लगाएको भए पनि पेन्सले भने नलगाएका तस्वीरमा प्रष्ट देखिन्छ ।
मायो क्लिनिकले हाल डिलिट गरेको ट्वीटमा आफूहरुले उपराष्ट्रपति पेन्सलाई मास्क लगाउनु पर्ने नियम बारे पहिले नै जानकारी गराएको उल्लेख थियो ।
उपराष्ट्रपति पेन्सले अस्पताल भ्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् । अस्पतालका स्टाफ र बिरामीलाई भेट्नु अनिवार्य भएकाले आफू त्यहाँ गएको उनले उल्लेख गरेका छन् ।
माइक पेन्सले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नेतृत्व सम्हाल्दै आएका छन् । उनले नै कोरोना भाइरसको महामारीको यो समयमा संक्रमणबाट जोगिने उपायका रुपमा रहेको मास्क अस्पताल भ्रमण गर्दा पनि नलाएको देखिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस