वि.सं.२०७७ साल वैसाख १७ गते । बुधबार । ईश्वी सन् २०२० अप्रिल २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– षष्ठी,१४ घडी ४१ पला,मध्यान्ह १२ बजेर २१ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– पुनर्वशु ,४२ घडी २२ पला,बेलुकी १० बजेर २५ मिनेट उप्रान्त तिष्य । योग– धृति,३६ घडी ०३ पला,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त शूल । करण– तैतिल,बिहान ११ बजेर २१ मिनेट उप्रान्त गर,बेलुकी २२ बजेर ५२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–गद योग । चन्द्रराशि–मिथुन,बेलुकी ०४ बजेर २९ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३५ मिनेट । दिनमान ३२ घडी ४८ पला । अन्तर्राष्ट्रिय नृत्य दिवस । गंगोत्पत्ति, गंगा सप्तमी ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेममा नजिक हुने तथा योग्य बरबधुको लगन गाठो कसिनको लागि घरपरिवारबाट सहमति जुर्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अध्ययनमा मन जाने हुनाले पुरस्कार तथा प्रशंसा पत्र पाईने योग रहेकोछ । आफन्त तथा घरपरिवारका मानिसहरुसँग मिलेर अगाडी बढ्न सकिने हुनाले सबैले जिम्मेवारी बहन गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ । तरनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
कामगर्न जोस जागर आउनाले रचानात्मक कार्य शुभारम्भ गर्न सकिनेछ भने काममा सहयोग गनेहरु प्रशस्त भेटिनेछन् । प्रेम र मित्रताको वन्धन कसिलो हुने तथा पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा सुधार गर्दै लैजान सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त तथा घर परिवारका मानिस सँग विवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । साझपख प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । दाम्पत्य सम्बन्धमा बिश्वासको बाताबरण सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुँनेछ । साझपख खानपानमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार घाटा बढ्नेछ भने कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि आम्दानी बढाउन सकिनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउँन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
घरमै बसेर पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको कृषिफर्मबाट आम्दानी आउन थाल्नेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदि बहिनी सँग मनमुटाव सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउँने हुनाले ईज्जत प्रतिष्ठा जोगाउँन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अबिश्वास हुनेछ । शिक्षा तथा पढाई लेखाईमा मन नजादा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रेम तथा मित्रताको डोरो कसिलो भएर जानेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ । पढाई लेखाईमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा विलाशी वस्तुका प्रयोगले दैनिकी सहज रुपमा वित्नेछ । साझपख वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कुनैपनि विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा एक कदम अगाढि बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ति पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछि लाभहुने काम सुरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्द अग्र स्थानमा तपाईको नाम आउँनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
स्वअध्ययनले पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि कृषि तथा पशुपालन व्यावासायबाट भने लाभ मिल्नेछ । साझख अध्ययनमा मन जानेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस