लिमा- कोरोनाभाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन् ।
अधिकारीहरूले यस हप्ताको सुरुमा नै कोविड–१९ बाट कम्तिमा एक हजार ३०० जना प्रहरीहरु संक्रमित भएको स्वीकारेका थिए ।
देशमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएसँगै गृहमन्त्रीले राजीनामा दिएपछि नयाँ नियुक्त भएका गृहमन्त्री ग्यास्टोन रोड्रिगेजले शनिबार पत्रकारहरुसँग कुरा गर्दै देशभर १७ जना प्रहरीको मृत्यु भएको र त्यसमध्ये ११ जना राजधानी लिमाका रहेको जानकारी दिएका छन् ।
पेरुको सरकारी समाचार समिति एन्डिनाले लकडाउनको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रण गर्नेक्रममा ठूलो संख्यामा प्रहरीहरु कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ ।
पेरूमा गत मार्च १७ देखि लकडाउन गरिएको छ ।
गृहमन्त्री रोड्रिगेजले पेरूको प्रहरीका लागि करिब एक करोड ५० लाख अमेरिकी डलर बराबरको मास्क र ग्लोबसमेतका सुरक्षा सामग्री खरिद गर्न बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।
उनले प्रहरी बलको करिब दुई लाख २० हजार परीक्षणको नतिजा आउन बाँकी रहेको बताएका छन् । “संकटमा खटिने प्रहरीको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो । प्रहरी बल राम्रोसँग सुसज्जित हुनै पर्दछ ।”
जोन्स हप्किन्स युनिभर्सिटीले गरेको गणना अनुसार पेरूमा २५ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित रहेका र ७०० जनाको मृत्यु भइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस