बझाङ- बझाङ जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ । पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको सङ्क्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नका लागि यार्सा गुम्बा पाइने स्थानीय तहहरुले प्रतिबन्ध गरेका हुन् ।
जिल्लाको साइपाल, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिकालगायत स्थानीय तहका हिमाली भेगमा पाइने यार्सागुम्बा टिप्नका लागि सधैँजसो वैशाख महिनादेखि जाने गरे पनि यस वर्ष भने मानिसको भीडभाडबाट कोरोनाको सङ्क्रमण बढ्ने भएपछि स्थानीय तहहरुले यार्सागुम्बा टिप्न जानमा रोक लगाएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बतयेअ छन् । बझाङ जिल्लाका धेरैजसो मानिसको आयआर्जनको तथा आम्दानीको रूपमा लिने यार्सागुम्बालाई यस वर्ष रोगको जोखिम भएपछि टिप्न जान रोक लगाएको हो ।
कतिपय स्थानीय तहका मानिस यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च गर्ने गरेको भए पनि यस वर्ष रोक लगाएपछि आफूहरुलाई घर खर्च चलाउन समस्या हुने र आफूहरु घरमै बसेको साइपाल गाउँपालिकाका बमबहादुर बोहराले बताएका छन् । उनले भने, “तीनदेखि चार हजारको उचाइमा पाइने यार्सागुम्बा टिप्नका लागि वैशाखदेखि असार अन्तिमसम्म बझाङ जिल्ला मात्र नभएर छिमेकी जिल्लाका समेत हजारौँ मानिस र्यासागुम्बा टिप्न आउने गरेका छन् ।”
साथै अघिल्ला वर्षहरुमा घरपरिवारसँगै बालबालिकासमेत लेकतिर जाने भएकाले विद्यायसमेत बन्द हुने गरेका थिए भने तीन महिनासम्म जोखिमयात्रा गरेर टिपेको यार्सागुम्बा प्रतिकेजी रु नौ–दश लाखमा बेच्ने गरेको समेत बोहोराले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस