सोल-उत्तर कोरियाली नेता किम जोङ उनका बारेमा विश्वभर अनेक समाचारहरु आईरहेका छन् । कुनै सञ्चार माध्यमहरुले किम गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित भएको बताईरहेका छन् त कतिले उनको स्वास्थ्य स्थिति अज्ञात भएको पनि बताईरहेका छन् । हालै अमेरिकी राष्ट्रपतिले किम खतरामुक्त रहेको बताएका छन् ।
यसै विच हालै दक्षिण कोरियास्थित अमेरिकी सैन्य दस्ताका अधिकारीले किम बारे नयाँ तथ्य बाहिर ल्याएका छन् ।
अमेरिकी अधिकारीका अनुसार किम जोङ उनको सवारीमा प्रयोग हुँदै आइरहेको करिव २५० मिटर लामो रेल उत्तर कोरियाको बस्ति वोनसान स्थित एक रेलवेको प्लेटफर्ममा पार्क गरिएको पाईएको बताएका छन् । अधिकारीका अनुसार रेलको केही भाग पार्किङ स्पेसमा छोपिएको छ भने केही भाग स्पस्टै देख्न सकिन्छ ।
गत १५ अप्रिलमा उक्त रेल त्यहाँ थिएन तर अप्रिलकै २१-२३ मा उक्त रेल सो स्थानमा रहेको थियो । रेल पार्क गरिएकै आधारमा किमको स्वास्थ्य बारे केहि बोल्ने स्थिति नभएता पनि उनी सोहि क्षेत्रमा रहेको हुन सक्ने अनुमान भने गरिएको छ ।
उत्तर कोरियाका हरेक ठूला सभा समारोहमा निकै चाख लिएर सहभागी हुने गरेका उन विगत केही समयबाट त्यस्ता समारोहहरुमा अनुपस्थित रहन थाले पछि उनी बारे अनेक शंका उपशंकाहरु गरिदै आएका छन् ।
किम जोङ उन केहि समय अगाडी सम्पन्न आफ्ना हजुरबुबाको जन्मजयन्तीका दिन आयोजित विशेष समारोहमा समेत अनुपस्थित रहेका थिए भने तर उत्तर कोरियाली सैनिकले भने शनिवार आफ्नो ८८ औ जन्म जयन्ती पनि किमको अनुपस्थितिमा नै मनाएको थियो ।
किमको अनुपस्थितिलाई लिएर हाल विश्वभर अनेक तरहका टिका टिप्पणीहरु भईरहेका छन् कतिपयले उनी सिकिस्त बिरामी भएको बताएका छन् भने कतिपयले उनी मरिसकेको अड्कलवाजी समेत गरेका छन् ।
चीनले पनि किमको स्वास्थ्य स्थितिबारे अध्ययन गर्न तथा उनको उपचारमा सघाउन आफ्ना स्वास्थ्य विशेशज्ञ सहितको टोलि उत्तर कोरियाका लागि पठाइ सकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस