लमही- लकडाउनका कारण दाङका मौरीपालक कृषकलाई मह काढ्न समस्या भएको छ । बन्दाबन्दीले मौरी राखिएको स्थानसम्म पुग्न नसक्दा कृषकले मह काढ्न सकेका छैनन् ।
दाङ जिल्ला मौरीपालनका लागि उर्वर भूमि मानिन्छ । मह उत्पादन हुने समयमै कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएकाले मह काढ्न नसक्दा ठूलो घाटा व्यहोर्नुपरेको कृषकको गुनासो छ । गत चैत १५ गतेदेखि मह काढ्ने याम शुरु भए पनि सो अगावै लकडाउन भएका कारण मह काढ्न नपाएको नेपाल मौरीपालन महासंघका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार यस याममा मौरी चरनका लागि यहाँका कृषकले कैलाली, लुम्बिनी, कपिलवस्तुलगायत जिल्लामा लगेका थिए । मौरीपालन फार्मका सञ्चालक माधव केसीले यस पटक मह काढ्न नपाउँदा रु १५ लाख बराबरको घाटा लागेको बताएका छन् । चार सय गोला मौरी पालन गरेका केसीले यस याममा तीन टन मह उत्पादन गर्थे । यस वर्र्ष एक किलो मह पनि उत्पादन नभएको उनले बताए । ‘‘मेरो मौरी कैलालीमा छ, म चैत २ गते यहाँ आएको हुँ, लकडाउनका कारण समयमा जनशक्ति र साधन नहुँदा मह काढ्न पाइन ’’, उनले भने ।
यस वर्ष करीब ४० गोला मौरी थप गर्ने योजना रहे पनि गोला फुटेर मौरी सबै भागेको केसीको भनाइ छ । त्यस्तै ३०० घार मौरीपालन गर्नुभएका विनोद हमालले पनि लकडाउनका कारण मह काढ्न नपाएको गुनासो गर्नुभयो । धेरैजसो किसानका मौरी अहिले चरनका लागि कैलालीलगायत जिल्लामा छन् ।
यससँगै माहुरीका लागि चरन सकिए पनि लकडाउनका कारण सम्बन्धित ठाउँमा पुग्न नसक्दा मौरी कसरी बचाउने भन्ने चिन्ता कृषकलाई छ । मौसमले साथ दिएको र कुनै रोग नलागेका कारण यस वर्ष मौरी र मह उत्पादन बढ्ने आशामा बसेका कृषकमा निराशा छाएको अर्का कृषक विष्णु केसीले बताए । उनले १५० गोला माहुरीपालन गरेकामा एक केजी महसमेत उत्पादन नभएको र गोला थप गर्न नसकिको गुनासो गरे ।
कृषकले यहाँ १६ हजार गोला मौरी पालेका छन् । त्यसबाट यस याममा करीब १६० देखि २०० टनसम्म मह उत्पादन हुने अनुमान गरिएको थियो । मह उत्पादन घटेसँगै जिल्लाका कृषकको करीब रु पाँच करोड क्षति भएको अनुमान गरिएको छ । मह प्रतिकिलो रु २५० देखि ३०० सम्म बिक्री हँुदै आएको थियो । जिल्लाका अन्य क्षेत्रमा मौरी राखेका कृषकलाई जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था नगरेको महासंघले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस