सोल- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन हाल कोरियाली तथा अमेरिकी समाचार प्रसारकहरुको समाचारको हेडलाइन बनिरहेका छन् ।
किम आफ्ना हजुरबुबाको जन्मजयन्तीमा अनुपस्थित रहनु, विगत लामो समयबाट कुनै सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुनु, बहिनीलाई थप शक्तिशाली बनाउनु आदी क्रियाकलापहरुले किम माथि कुनै न कुनै प्रकारको असहजता रहेको प्रस्टै थाहा हुन्छ ।
यता अमेरिकी समाचार संस्था सिएनएनले गत साता किमबारे प्रकाशित गरेको समाचारले सिङ्गो विश्व तताइरहेको छ ।
मुटुको जटिल शल्यक्रिया पश्चात किमको स्वास्थ्यमा गम्भिर समस्या आइपरेको सो समाचारमा बताइसकिएको छ । भारतीय सञ्चार माध्यमहरुले भने उनको मस्तिस्क घात भएको समाचार प्रकाशित प्रसारित गरिरहेका छन् ।
यसै वीच चीनले उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यमा विशेषज्ञ परामर्श दिन एक चिकित्सकिय टोली उत्तर कोरिया पठाएको छ।
समाचार संस्था रोयटर्सले किमको परिस्थितिका बारेमा जानकार रहेका तीन व्यक्तिका अनुसार भन्दै लेखेको समाचारमा चीनले स्वास्थ्य टोली पठाएको जनाइएको छ।
यसैगरी रोयटर्सले चीनले चिकित्सकिय टोली त्यता पठाउनुले किमको स्वास्थ्यका बारेमा के संकेत गर्छ भन्नमा निश्चिन्त हुन नसकेको जनाएको छ।
परिचय लुकाइएका आफ्ना दुई श्रोतले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय सम्बन्ध हेर्ने विभागका वरिष्ठ नेताको नेतृत्वमा सो टोली बिहिवार त्यता गएको जनाइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस