काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ ।
भेटमा सभापति देउवाले सरकारले दुवै अध्यादेश फिर्ता लिएकामा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै एक सांसदलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने घटनामा संलग्नलाई कारवाहीको माग गरेका काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उक्त घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग देशभरी उठेको र आफ्नो माग पनि यही रहेको उल्लेख गर्दै सभापति देउवाले देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ भनेका थिए ।
सरकारले यही वैशाख ८ गते जारी गरेका संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेशको सर्वत्र विरोध भएपछि आज खारेज गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न व्यापक परीक्षण अहिलेको आवश्यकता भएको र समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो नगरौँ भनेर प्रधानमन्त्रीसमक्ष आग्रह गर्दै सभापति देउवाले स्वास्थकर्मीलाई पिपिईलगायतका आवश्यक सामग्री यथाशिघ्र पु¥याउन सुझाव दिएका थिए । साथै उनले स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने कुनै पनि कार्य तुरुन्तै रोक्नुपर्ने बताएका थिए ।
भेटमा सभापति देउवाले श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् भन्दै राहत घोषणा अधुरो भएको, पुग्नुपर्नेकोमा अझै नपुगेको, श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै व्यवसायीका लागि तत्काल अर्को राहत प्याकेज ल्याउन सुझावसमेत दिएका थिए । विदेशमा रहेका नेपालीले देशलाई रेमिट्यान्स पठाएर योगदान गरिरहेको उल्लेख गर्दै उनले आज उनीहरु अप्ठ्यारो परेको स्थितिमा उद्धार गर्ने बारे तत्काल योजना सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने बताएका मुख्य सचिव पौडेलले बताएका छन् ।
सभापति देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा अब विवाद्का कुनै कुरा नल्याउन सुझाव दिँदै प्रधानमन्त्रीलाई थप सजग पनि गरएको काँग्रेसले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस