सोल-कोरियाली प्रायद्वीपमा हाल एउटा समाचार भाईरल भईरहेको छ, त्यो हो उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्य स्थिति र उनको सम्भावित मृत्यु ।
कोरियाली तथा अमेरिकी समाचारहरुको प्रमुख बिय बनिरहेको किमको स्वास्थ्य स्थिति कस्तो छ कसैले यकिन भन्न सकिरहेका छैनन् । सबैले आफ्नो अड्कलबाजीका भरमा किमको बारे जानकारी दिईरहेका छन् । यो बिषयमा उत्तर कोरिया स्वयम् भने मौन छ ।
हालसम्म छिमेकी राष्ट्र दक्षिण कोरियाले सो विषयमा कुनै प्रतिकृया जनाएको छैन भने उसले सो विषयमा आफूहरु समक्ष कुनै त्यस्तो आधिकारीक जानकारी समेत नआएको बताईरहेको छ ।
सिएनएनले भने नाम नखुलाई दक्षिण कोरियामा रहेका अमेरिकी नौसेनालाई उदृढ गर्दै किमको स्वास्थ्य बारे सो समाचार प्रकाशित गरेको थियो ।
सोहि समाचार बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमणको अपडेटको समयमा आफ्नो आधिकारिक धारणा राखेका छन् । उनले किमको स्वास्थ्य अवस्था बारे कुनै पनि जानकारी नआएको बताएका छन् ।
किममाथि गम्भिर स्वास्थ्य समस्या आईपरेको छैन होला र यदि आईपरेको भए उनी सो समस्याबाट चाँडै नै मुक्त भएर साधारण जिन्दगी बिताउन् भनेर पनि भनेका छन् । कतिपय सञ्चार माध्यमहरुले भने उनको सम्भावित मृत्यु बारे समाचार सम्प्रेशण समेत गरेका छन् ।
तर सो विषयमा उत्तर कोरिया सरकारबाट कुनै पनि समाचार बाहिर आएका छैनन् । उत्तर कोरियाको आधिकारीक समाचार संस्था डेली एनकेमा किम बारे कुनै जानकारी गराइएको छैन ।
सेटलाईट तथा अमेरिकी जासुस बिमानहरुबाट संकलन गरिएको सुचनाका आधारमा विश्वले समाचार बनाईरहेको भएता पनि उत्तर कोरिया मौन बसेका कारण किम जोङ उन बारेको रहस्य झन बढ्दै गएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस