भद्रपुर- झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पु¥याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी खरिद गरेर नाफा नराखी सर्वसाधारणलाई बिक्रीको व्यवस्था पहिलोपल्ट मिलाएको हो । त्यसपछि मेचीनगरमा उद्योग वाणिज्य सङ्घले घरघरै सुपथ मूल्यमा तरकारी पु¥याउन थालिसकेको छ ।
मेचीनगर नगरपालिकाले ज्येष्ठ नागरिक, शारीरिक अशक्तलगायतलाई सरकारबाट दिइने मासिक भत्तासमेत घरमै पु¥याउने संयन्त्र बनाएको छ । एकल महिला, लोपोन्मुख र दलित वालवालिकालाई समेत अब घरमै भत्ता आइपुग्नेछ । नगरपालिकाकाले सामाजिक सुरक्षा भत्ता घरघरै पु¥याउन वडा अध्यक्षको नेतृत्वमा १५ वटै वडामा कर्मचारी खटाइसकेको मेचीनगर–६ का वडाध्यक्ष ललित तामाङले बताएका छन् ।
बन्दाबन्दीमा बैंकमा सामाजिक भत्ता लिन ज्येष्ठ नागरिक भीड हुन थालेपछि कोराना भाइरसको सङ्क्रमणको जोखिमबाट जोगाउन घरघरमै भत्ता पु¥याउने व्यवस्था मिलाइएको नगरकी उप्रमुख मीना उप्रेतीले बताए । मेचीनगरमा मङ्सिरदेखि फागुनसम्म चार महिनाको सामाजिक सुरक्षा भत्तावापत १३ हजार ३८५ जनालाई रु १४ करोड ६ लाख ३३ हजार २०० सामाजिक सुरक्षा भत्तावापत वितरण गरिने नगरपालिकाका सूचना अधिकारी एवं लेखा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिएका छन् ।
विर्तामोड नगरपालिकाले किसानलाई अनुदान दिएको कृषि फार्मबाट ताजा तरकारी किन्ने र गाडीको व्यवस्था गरेर नगरको टोलटोलमा पु¥याउने व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले जानकारी दिए । त्यसकार्यमा वडाका जनप्रतिनिधिले प्रत्यक्षरूपमा समन्वय गरिरहेको र कृषि शाखाले सम्पूर्ण व्यवस्थापनको काम गरिरहेको उनले बताए ।
मेचीनगर नगरपालिकाले मिर्गौला, मुटु, दमजस्ता रोगको घरै बसेर नियमित औषधि सेवन गरिरहेका सर्वसाधारणलाई आवश्यक औषधि घरमै पु¥याउने अभियान सञ्चालन गरेको जनाएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीलाई वडापिच्छे सो कार्यका लागि जिम्मेवारी तोकिएको सामुदायिक शाखाका अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिए ।
प्रहरी कार्यालयमा ‘डिसइन्फेक्सन टनेल’
यसैबीच कोभिड–१९ को सङ्क्रमण रोक्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रवेशद्वारमा ‘डिसइन्फेक्सन टनेल’ जडान गरिएको छ । नागरिकस्तरमा गठित मेची अभियानले निर्माण गरेर सो टनेल प्रहरीलाई हस्तान्तरण गरेको अभियानका संयोजक विजय डालमियाले बताए । दुवै टनेल प्रहरी कार्यालयको प्रवेशद्वारमा राखिएको छ ।
ज्यानको पर्वाह नगरी कोभिड–१९ को सङ्क्रमण रोक्न अग्रपङ्तिको सुरक्षामा खटिएका प्रहरीलाई स्प्रेमार्फत भाइरसको जोखिमबाट जोगाउन टनेल बनाएर हस्तान्तरण गरिएको अभियानका संयोजक डालमियाले बताएका छन् । टनेल निर्माणमा काँकडभिट्टाका ६ वटा सहकारी संस्था र काँकडभिट्टा खानेपानी उपभोक्ता संस्थाले सहयोग गरेका छन् । यसअघि अभियानले मेची अञ्चल अस्पतालमा समेत यस्तै टनेल जडान गरिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस