टोकियो- कोरोना संक्रमणका कारण यति बेला सिङ्गो विश्व आक्रान्त छ । मान्छेका दैनिकी रोकिएका छन् भने आर्थिक तथा सामाजिक हलचल बन्द प्राय भएका छन् । कतिपय देशहरुमा त धार्मिक तथा सांस्कृतिक गतिविधिहरु पनि रोकिएका छन् । समग्रमा हाल सिङ्गो विश्व शुन्य प्राय भएको छ ।
कोरोना कहर यतिमा मात्र सिमित छैन । यसले मानिसको दैनिक जिन्दगी मात्र नभई उनीहरुलाई मानसिक रूपमा समेत आक्रातन्त बनाउन थालेको छ । हाल जापानका मानिसहरु कार्यस्थलमा कोरोनाकै कारण दुर्व्यवाहारको सिकार हुन पुगेका छन् । उनीहरुलाई विभिन्न बाहानामा दुर्व्यवाहार गरिने गरिएको मजदुरहरु बताउछन् ।
जापानको एक उध्योगमा कार्यरत एक मजदुरका अनुसार उनलाई आफ्ना साथीहरु सँगै बसेर खाना खान पनि दिईएको छैन ।
यसको एउटै कारण छ- उनी जापानको ओशाका शहरबाट आएका हुन् जहाँ सर्वाधिक कोरोना संक्रमितहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ओशाकामा १२०० बढी संक्रमित रहेका छन् ।
यो त एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता कैयौँ घटनाहरु हरेक दिन जापानी मजदुरहरुले भोगिरहेको सोही विषयका अनुसन्धानकर्ताहरुले बताएका छन् ।
यस्ता घटनाहरुले मानिसहरुको मानसिक तथा मनोबैज्ञानिक पक्षमा समेत नकारात्मक प्रभाव पार्ने बताउदै यस्ता विषयमा गम्भिर भएर सबै मिलि भातृत्व तथा भाईचारा बढाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस