सोल-सिङ्गो विश्व यतिबेला कोरोना माहामारी सँग लडिरहेको छ । तर गएको केही दिन यता कोरियाली प्रायद्वीपमा भने अर्कै समाचारले प्राथमिकता पाईरहेको छ । त्यो समाचार हो उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्य सम्बन्धि समाचार । हालै किम मुटुको शल्यक्रिया पश्चात गम्भिर विरामी परेको भनेर सिएनएनले समाचार प्रकाशित गरे सँगै उक्त क्षेत्रमा हलचल मच्चिएको हो ।
छिमेकी राष्ट्र दक्षिण कोरियाले सो विषयमा कुनै प्रतिकृया जनाएको छैन भने उसले सो विषयमा आफूहरु समक्ष कुनै त्यस्तो आधिकारीक जानकारी समेत नआएको बताईरहेको छ । सिएनएनले भने नाम नखुलाई दक्षिण कोरियामा रहेका अमेरिकी नौसेनालाई उदृढ गर्दै किमको स्वास्थ्य बारे सो समाचार प्रकाशित गरेको थियो ।
सोहि समाचार बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमणको अपडेटको समयमा आफ्नो आधिकारिक धारणा राखेका छन् । उले भनेका छन् – ‘मलाई किमको स्वास्थ्य अवस्था बारे कुनै पनि जानकारी आएको छैन । तर पनि म यति भन्छु की किम जोङ उन एक युवा राजनितिज्ञ हुन् र उनी स्वस्थ रहनुपर्दछ ।’
उनले अगाडी भने – ‘किममाथि गम्भिर स्वास्थ्य समस्या आईपरेको छैन होला र यदि आईपरेको भए उनी सो समस्याबाट चाँडै नै मुक्त भएर साधारण जिन्दगी बिताउन् ।’
हालै अमेरिका तथा दक्षिण कोरियाले उत्तर कोरियालाई मानवीय साहायता उपलब्ध गराउने एक योजनामा सहमति गरिसकेका छन् ।
दुबै देशहरूले कोरोना संक्रमण बिरुद्ध लड्न उत्तर कोरियालाई मानवीय साहायता जति सक्दो चाँडो उपलब्ध गराउने सहमति मुनको दोश्रो कार्यकालको विजयोत्सवमा सुभकामना आदानप्रदान गर्दैगर्दा भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस