काठमाडौँ-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग प्रदेशगतरुपमा छलफल शुरु गरेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा आज सुदूरपश्चिम प्रदेशका सांसद्हरु सहभागी हुनुभएको र यसपछि आज र बिहीबार गरी क्रमशः प्रदेश नं १ र बागमती प्रदेश हुँदै सबै प्रदेशका सांसद्सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
छलफलमा हालै जारी भएका दुई अध्यादेश, कोरोना भाइरसविरूद्ध जारी लकडाउन र आगामी कार्यभार लगायतका विषयमा सांसदहरूलाई स्पष्ट पारिने जनाइएको छ ।
ती विषयमा पार्टीभित्रै विभिन्न मतहरु व्यक्त भइरहेका बेला नेतृत्वबाट यस प्रकारको छलफल आयोजना भएको हो ।
अध्यक्षद्वयले आजै पार्टी स्थापना दिवसका अवसरमा वक्तव्यहरु जारी गरी पार्टी एकतालाई अझ सुदृढ र बलियो बनाउन र कम्युनिष्ट आन्दोलनको लक्ष्यमा निरन्तर क्रियाशील हुन नेता कार्यकर्तालाई आव्हान गरेका छन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस