काठमाडौं – कोरोना महामारीबाट सम्पूर्ण विश्व नै प्रभावित भइरहेका वेला रोबटको उदय हुने र मानिसहरूबीचको भावनात्मक सम्बन्धमा एक प्रकारको खाडल देखिने सम्भावना बढेको छ । महामारी नियन्त्रणमा नआएको र यसले अझै तीव्रता लिइरहेका वेला आगामी दिनमा रोबटले मानिसको काम विस्थापन गरिदिने सम्भावना बढेको हो ।
‘आफ्ना गतिविधि आदानप्रदानका लागि मानिसले मानवीय आवश्यकता अपरिहार्य मान्दै आएका थिए, अब कोभिड–१९ ले बिस्तारै यो अवधारणामा परिवर्तन ल्याउँदै छ,’ विश्लेषक मार्टिन फोर्ड भन्छन् ।
आगामी दशकमा रोबटलाई अर्थतन्त्रमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे उनले विभिन्न माध्यमबाट लेख्दै आएका छन् । ‘कोभिड–१९ ले उपभोक्ताको छनोट परिवर्तन गर्दै छ । महामारीसँगै रोबटलगायत स्वचालित उपकरणको प्रयोगमा नयाँ अवसरको ढोका खोलिदिएको छ,’ उनी भन्छन् ।
ग्राहक अब आफ्नो सुरक्षा र स्वास्थ्यबारे बढी सचेत छन् भने मालिकहरू पनि जोखिम लिनुभन्दा रोबर्टमा निर्भर हुने विकल्प सोचिरहेका छन् ।
कतिपय साना तथा ठूला कम्पनीले सामाजिक दूरी कायम गर्न रोबटको प्रयोग थालिसकेका छन् । रोबटको प्रयोगले भौतिक रूपमा कार्यालयमा नै उपस्थित भएर काम गर्ने कर्मचारीको पनि कटौती हुन थालेको छ ।
कार्यालयमा मानिसले गर्न नसक्ने कामका लागि पनि रोबटको प्रयोग हुन थालेको छ भने महामारीका कारण कार्यालय छोडेका कर्मचारीको सट्टामा पनि यसको व्यापक प्रयोग हुन थालेको छ ।
अमेरिकाको सबैभन्दा ठूलो विक्रेता वालमार्टले आफ्ना बगैँचामा रोबट प्रयोग गरिरहेको छ । त्यस्तै, दक्षिण कोरियामा मानिसहरूको ज्वरो नाप्न र स्यानिटाइजर प्रदान गर्न रोबटकै प्रयोग हुन थालेको छ । स्वास्थ्यसम्बन्धी विज्ञहरूले विश्वमा सन् २०२१ भर सामाजिक दूरी कायम गर्नुपर्ने बताइरहेका वेला रोबटको माग पनि बढ्ने देखिन्छ ।
कोभिड–१९ को महामारीसँगै सरसफाइका सामग्री र स्यानिटाइजरको माग ह्वात्तै बढेको छ । डेनमार्कको युभिडी रोबटस् नामक एक कम्पनीले चीन र युरोपमा आफ्ना सयौँ उपकरण निर्यात गर्छ । कोरोना फैलिएपछि होटेल तथा रेस्टुरेन्टहरूले त्यस्ता मेसिनको अधिक माग गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस