काबुल– अफगानिस्तानको राष्ट्रपति कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।
सरकारी उच्च अधिकारीहरुले नाम सार्वजनिक नगर्ने सर्तमा दिएको जानकारी अनुसार राष्ट्रपति कार्यालयका कम्तीमा २० जना सङ्क्रमित भएका छन् ।
सङ्क्रमण भएकाहरुसँग राष्ट्रपति अशरफ घानीको सम्पर्क भएको थियो कि थिएन भन्ने बारेमा एकीन नभएको उनीहरुको भनाइ छ ।
राष्ट्रपति कार्यालयका कर्मचारी नै कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयमा राष्ट्रपति कार्यालयले भने कुनै प्रतिक्रिया दिएको छैन ।
क्यानसर रोगबाट पिडित ७० बर्षीय घानी कोरोनाभाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको बताइएको छ ।
अफगानिस्तानमा सोमबारसम्म ९९३ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । उनीहरु अधिकांश विदेशबाट आएकाहरु रहेका छन् । अफगानिस्तानका झण्डै दुई लाख नागरिक पछिल्लो दुई महिनामा इरानबाट स्वदेश फर्किएका थिए ।
उनीहरु आएको देश इरान कोरोनाभाइरसबाट अत्यधिक प्रभावित देशमा पर्दछ । इरानमा अहिलेसम्म ८२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढीको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस