धनुषा – जनकपुरधाम उपमहानगरपालिका ५ मा रूपैयाँ छरेर कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण गराउन खोजेको आरोपमा पक्राउ गरिएका महिलाको स्वाब परीक्षण परिणाम ‘नेगेटिभ’ देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा महिलाको स्वाबको पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।
प्रदेश प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहका अनुसार शनिबार तीव्र प्रविधिबाट परीक्षण गर्दा एक महिलाको नतिजा ‘पोजेटिभ’ आएकोमा शनिबार ती महिलाको घाँटीको स्वाबलाई पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको छ । अर्की महिलाको भने शनिबार नै परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । उनीहरू नाताले नन्द भाउजु हुन् ।
गएको वैशाख ५ गते १२ः३० बजे वडा नम्बर ५ को महावीर चोकमा रूपैयाँ छरेर फरार भएको सूचनाका आधारमा सीसीटीभीको फुटेजका माध्यमले दुई महिलाको पहिचान गरी शनिबार प्रहरीले नियन्त्रणमा लिइ स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाएको थियो ।
प्रहरीले रूपैयाँ छरेर फरार भएको आरोपमा धनुषा जिल्ला धनौजी गाउँपालिका ५ बहुअर्वाकी ५० वर्षीया अमुना खातुन र उनका नन्द जनकपुरधाम उपमहागरपालिका ७ की ३५ वर्षीया अलिना खातुनलाई नियन्त्रणमा लिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस