दक्षिण कोरिया – दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ ।
घरको न्यास्रो मेटाउन उनी डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्किएका थिए । तर त्यसको दुई हप्तामै कोरोना भाइरसको महामारीका कारण लकडाउन जारी भएपछि उनी फर्कन पाएनन् ।
लामिछानेले फोनबाट लकडाउन नखुल्दा तत्काल आउन नसक्ने जानकारी गराउँदा कम्पनीले छिटो आउन या रोजगारी छाड्न दबाब दिइरहेको छ ।
उनीजस्ता ८ सय भन्दा धेरै नेपाली श्रमिक (विद्यार्थी र व्यवसायीसमेत) बिदामा वा कम्पनी परिवर्तन गरी अर्को कम्पनीमा लाग्नुअघि नेपाल पुगेर उतै अड्किएका छन् ।
अनेक कष्टका साथ दक्षिण कोरिया आइयो तर कमाउने बेलामा नेपाल फर्केर कम्पनीको स्वीकृत बिदा अवधिभित्रै कोरिया फर्कन नसक्दा आफ्नो रोजगारी नै गुम्ने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको छ ।
यस समस्यालाई ध्यान दिएर केही नेपाली सङ्घसंस्थाले बिदामा नेपाल जाने नेपाली श्रमिकलाई कोरिया फर्काइदिन अनुरोध गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएका छन् ।
सउलस्थित नेपाली दूतावासमा नेपाली सम्पर्क समिति, दोङ्देमुन व्यवसायी सङ्घ, नेपाली विद्यार्थी समाज, नेपाल पर्यटन बोर्डका मानार्थ दूत केपी सिटौलालगायतले यहाँस्थित कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई ज्ञापनपत्र बुझाउँदै बिदामा नेपाल गएका नेपालीलाई जतिसक्दो छिटो कोरिया फर्किने वातावरण मिलाइदिन अनुरोध गरेका छन् ।
नेपाल पर्यटन बोर्डका मानार्थ दूत केपी सिटौलाले काठमाडौं सम्भावित चार्टर उडानसम्बन्धी शोधपत्रमार्फत कोरिया फर्किन चाहने नेपालीका बारेमा सर्वेक्षण गरेका छन् ।
सर्वेक्षणअनुसार बिदामा गएका अधिकांश नेपाली कोरिया फर्किन चाहेका देखिएको छ । उनले भने, “बिदामा गएका नेपाली कसैगरी समयमै कोरियाा फर्कन नसके कम्पनीले उनीहरूलाई नकुर्न पनि सक्छ । यदि त्यसो भएमा नेपालमा रहेका नेपाली श्रमिकको रोजीरोटी मात्र खोसिन्न, देशलाई पनि करोडौँ रेमिट्यान्स गुम्छ ।”
दूतावासले त्यस्तो समस्यामा परेका नेपालीका लागि आवश्यक समन्वय गर्दै आएको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस