हुम्ला – हुम्ला जिल्लामा कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले जिल्लामा स्वास्थ्य सामग्रीको अनुगमनसहित सरोकार निकायसँग छलफल गरेको छ ।
जिल्लामा कोरोना भाइरस फैलिन नदिन जिल्लाले गरेको तयारीबारे अनुगमन तथा छलफल गरेको टोली प्रमुख अनुज भट्टचनले जानकारी दिए ।
जिल्लामा स्वास्थ्य जाँचका लागि सामग्रीको अभाव भएको हुनाले केही समस्या आउनुभन्दा त्यसको यथाशीघ्र व्यवस्था गरी दिन मन्त्रालयलाई सिफारिश गरिएको डा टसियाङ्गजुक लामाले बताए ।
जिल्लामा अहिलेसम्म कसैलाई एकान्तबासमा राख्न नपरेको बताउँदै उनले निगरानीमा रहेकाहरुको तथ्याङ्ग सार्वजनिक गरिने जानकारी दिए ।
आगामी दिनमा भैपरी आउने समस्या सकेसम्म समाधान गर्ने सकिने विश्वास रहेको डा लामाले बताए । जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा मन्त्रालयबाट आएको दुई जनाको टोली र जिल्लाका सरोकार पक्षबीच कोरोनाको रोकथाम सम्बन्धमा सकारात्मक छलफल भएको प्रजिअ विनिता भट्टराईले बताए ।
क्वारेन्टाइनमा भएन राम्रो खाना
सदरमुकाम सिमकोटको रानीवन निगरानीमा रहेका व्यक्तिले खानपिनको कुनै राम्रो सेवा सुविधा नभएको गुनासो गर्न थालेका छन् ।
क्वारेन्टाइनमा बसेका नाम्खा गाउँपालिका ३ का कुचि लामाले क्वारेन्टाइनमा खानपिन राम्रो नभएको दुखेसो गरे ।
लामाले भने, “गाउँमा गएर क्वारेन्टाइन बस्छु भन्दा पनि दिएका छैनन्, म सुगर रोगी भएकोले सेतो चामलको भात खान नमिल्दा पनि त्यही खानुपरेको छ ।”
रानीवन क्वारेन्टाइनमा बसेकाहरुले बिहानबेलुका दुई छाक मात्रै खाना दिने गरेको तर दिउँसो चिया पनि नदिने गरेको गुनासो गरेका छन् ।
क्वारेन्टाइनमा बसेकालाई प्रतिछाक रु दुई सय र त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई रु २५० को दरले खाना दिने गरेको पाइएको छ । क्वारेन्टाइनभन्दा होम क्वारेन्टाइनमा बस्छु भन्दा पनि प्रजिअले नमानेको कैलाश होटेल हुम्लाकी सञ्चालिका प्रेमा लामाले बताए ।
क्वारेन्टाइनका लागि भन्दै कर्णाली प्रदेश सरकारले रु ५० लाख दिएको र जिल्लाका गैरसरकारी संस्थाले विपद् व्यवस्थापन कोषका लागि भन्दै रु छदेखि सात लाख संकलन गरे पनि क्वारेन्टाइनमा गुणस्तरीय खाना नभएको उनीहरुको दुखेसो छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस