काठमाडौं-प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दश दिनपछि शनिबार भेटवार्ता भएको आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
समाचार अनुसार उनीहरुबीच कोरोना भाइरसले सिर्जना गरेको जटिल स्थिति, लकडाउनलाई प्रभावकारी बनाउने र बीचबाटोमै अलपत्र परेका मजदुरको उद्धार तथा नागरिकलाई राहत दिने विषयमा दुई घन्टा छलफल भएको थियो |
कहिलेकाहीँ दिनमै दुईपटकसम्म भेटवार्ता गर्ने ओली र प्रचण्डबीच गत २५ चैतमा बसेको सचिवालय बैठकयता भेट भएको थिएन।
एक साताअघि एक टेलिभिजन अन्तर्वार्तामार्फत प्रचण्डले प्रधानमन्त्रीसँग आफूले खुलस्त लामो समयसम्म छलफल गर्न चाहेको र त्यसका लागि उपर्युक्त समय मिलाउन भनेको बताएका थिए।
शनिबारको भेटवार्तामा संवादहिनता हुनुका पछाडिका कारणमा केन्द्रीत रहेर समीक्षात्मक कुराकानीसमेत भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
छलफलमा अध्यक्ष प्रचण्डले कोरोना भाइरसको त्रासको कारण बाटोमै बिचल्लीमा परेका मजदुरहरुको तत्काल उद्धारमा सरकारले तदरुकता देखाउनुपर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिएका थिए।
‘उहाँले बीचबाटामै बिचल्लीमा परेका मजदुरहरुको उद्धार र राहतमा सरकारको भूमिका प्रभावकारी बनाउने, लकडाउनलाई अझ कडाइका साथ कार्यान्वयन गर्नेलगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुभएको छ,’ प्रचण्डलाई उद्धृत गर्दै उनी निकट एक नेताले भने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस