ललितपुर– कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी रहदा पनि गोदावरी नगरपालिकाको चापागाउँ सडक हुँदै कान्ति लोकपथबाट घर फर्किनेको क्रम जारी रहेको छ ।
“आफू यता बस्यो परिवार र आफन्तको चिन्ता लाग्छ । कति दिन परिवारको पिर गरेर मन एकातिर ज्यान अर्काेतिर गरेर बस्ने ।” नाम र स्थान नखुलाउँदै एक पुरुषले गहभरि आँशु झार्दै भने । उनले भने, “के थाहा यो रोगको नियन्त्रण कहिले हुन्छ । आपत् विपत्मा परिवारसँगै बसाँै भन्ने लाग्दो रहेछ । गाउँ पुग्न पाए परिवारसँगै बसी भए भात नभए खोलेफाँडो भए पनि खाउँला । दुःख गरौँ । परिवारलाई खुशी दिउँ भनेर राजधानी छिरियो । हिँड्दा हिड्दै परिवारको मुख पो देख्न नपाउने हो कि ! भन्ने डर पनि छ । ”
यात्राका क्रममा सडकमा दुईबाट चार र चारबाट आठ थपिँदै जाँदा सामाजिक दूरी कायम गर्न सकिन्न । सबैको पीडा एकै किसिमको छ । सबैलाई परिवार भेट्नु पनि छ । “सडकमा हिँड्दा एक यात्रुले अर्काे यात्रुलाई कसरी दूरी कायम गर भन्नु । यात्रामा रहेका साथीलाई एक्लै छाडेर हिड्न सभ्यताले आजसम्म सिकाएको छैन ।”घर हिडेका एकयात्रुले भने ।
गोदावरीको लेलेबाट कान्ति लोकपथ शुरुआत् हुने हुँदा गोदावरीको चापागाउँ हुँदै वाग्मती गाउँपालिमा, सो गाउँपालिकाको अन्त्य विन्दुमा वाग्मती नदी तरेपछि मकवानपुर जिल्ला हुँदै अन्त्यमा हेटौँडा छिर्ने मानिसको लर्काे दैनिक करिब एक हजार हुने गरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । उनले भने, “यो सडकखण्ड हुँदै घर बाहिरिने मानिसको क्रम रोकिएको छैन ।” बन्दाबन्दीमा किन हिँडेको प्रश्नमा यात्रुले भन्नुभयो,“ कति दिन कोठामा बसेर खाने । अझ कति दिन बन्दाबन्दी थपिने हो थाहा छैन ।” सरकारले बन्दाबन्दीभर कोठा भाडा मिनाह हुने कुरो अघि बढाए तापनि भाडा नै आय स्रोत हुने घरबेटीलाई कसरी हामी दिन्नाँै भन्ने लागेर घर हिँडेको कति यात्रीले बताएका अध्यक्ष लोप्चनले जानकारी दिएका छन् ।
लोकपथ हुँदै घर बाहिरिने मानिस बढीजसो इँटाभट्टामा काम गर्ने र मजदूरी गरेर खानेखालका देखिन्छन् । बिहीबार राति पानी परेका बेला २०० मानिस गाउँपालिका वडा नं. ४ प्यूटार हुँदै भिजेर आइरहेका छन् भन्ने सूचना आएपछि यहाँको विद्यालयमा खाने र रात बस्ने व्यवस्था गरिदिएको उनले बताए । अध्यक्ष लोप्चनले भने,“दैनिक यहाँबाट मानिस घर बाहिरिने क्रम भएसँगै एक दिन त अति बिजोक अवस्था छ भन्ने सुनेर दुई गाडी मानिस वाग्मतीको तिनपानेदेखि ठिन्गीनसम्म लगभग ४० किलोमिटर सडक पार गरायौँ । तिनपानेदेखि ठिन्गीनसम्म हिँड्न ठ्याम्मै एक दिनको सडक पार गर्ने समय लाग्छ । ”
यस सडक पार गर्ने सबैले हातमा कालो फाराम बोकेका देखिन्छ । बाटोमा हिँड्दा जता थकाइ लाग्यो उतै सुतेका पनि देखिन्छन् । विगतमा स्वच्छ सडक जता पायो त्यतै दिसापिसाब गरेर दुर्गन्धले रोगको जोखिम बढेको छ । सरकारले लुकेर हिँड्ने मानिसको क्रम देशभरि बढेसँगै एक दिन बन्दाबन्दी खोलेर घर पु¥याइदिने व्यवस्था गरिदिए हुन्थ्यो भन्ने लागेको छ ।” भौगोलिक विकटताका कारण अन्यत्रबाट गाउँपालिका छिरेका सबै मानिसलाई खुवाउन र राख्न नसकिने अध्यक्षलोप्चनको भनाइ छ ।
कान्ति लोकपथ हुँदै हेटौँडा छिरेपछि पूर्व–पश्चिमका विभिन्न जिल्ला पुग्न सकिन्छ । यो सडक भएर हेटाँैडा जान छोटो दूरी रहेको छ । वातावरण सामान्य भएको समयमा निकै उपयोगी हुने यो सडक बन्दाबन्दीका बेला भने दुरुप्रयोग भइरहेको छ ।
ललितपुरको टीकाभैरवदेखि हेटौँँँँडाको बुद्धचोकसम्म यस सडकको कूल लम्बाइ ७९ किलोमिटर रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस