नयाँ दिल्ली- भारत सरकारले लकडाउनको समयमा टिकट किन्ने ग्राहकका लागि खुसिको खबर ल्याएको छ । सरकारले विहिवार एक सुचना जारी गर्दै सो समयमा काटिएका टिकटको पैसा निशर्त फिर्ता गर्न विमान सञ्चालक कम्पनिहरुलाई निर्देशन समेत दिएको छ ।
सरकारको सो निर्णय २४ मार्च अगाडि टिकट बुक गरिसकेकाहरुको हकमा भने लागु हुने छैन । सरकारी अधिकारीहरुका अनुसार सो समय पछि टिकट खरिद गर्नेहरुलाई भने टिकटको पैसा निशुल्क तथा निशर्त फिर्ता गर्न भनिएको छ ।
यता विमान सञ्चालक कम्पनीहरुले भने आफूहरु पूर्ण रुपमा टाट पल्टिइ सकेको कारण यात्रुहरुलाई तत्कालै पैसा फिर्ता दिन नसकिने बताएका छन् ।
विमान सञ्चालकहरुले यात्रुहरुलाई आफूले किनेको टिकट सुरक्षित राखि एक बर्ष भित्रमा जुन समयमा आएर पनि सो सुविधा लिन अनुरोध गरेका छन् ।
विदेशका विमान सञ्चालक कम्पनीहरुले पनि सोहि व्यवस्था गराएको बताउदै उनीहरुले यो संकटको घडीमा आफूहरुलाई साथ दिन अनुरोध समेत गरेका छन् ।
भारतीय नागरिक उड्ययन मन्त्री एसएस पुरीका अनुसार विमान कम्पनिहरुले पहिलो लकडाउनको समयमा (मार्च २५ बाट अप्रिल १४) काटिएका टिकट विना शर्त फिर्ता गर्न निर्देशन दिएका छन् भने त्यस पछिको विषयमा पनि छिट्टै निर्णय गरिने समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस