नेपालगञ्ज – बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ । यो तथ्याङ्क चैत ११ देखि ३० गतेसम्मको २० दिनको रहेकोे नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बर्ता ।
गोरखापत्र दैनिकले लेखेको खबर अनुसार सो अवधिमा २९ करोड पाँच लाख ७३ हजार ४६३ रुपियाँ मूल्य बराबरको ४९ लाख ४५ हजार २५ किलो चामल, चार करोड ४४ लाख छ हजार ४४३ रुपियाँको १३ लाख ४४ हजार १८५ किलो मकै तथा एक करोड ८९ लाख १६ हजार ६४३ रुपियाँको दुई लाख १४ हजार ६९७ किलो दाल नेपालगञ्ज नाका भएर भित्रिएको छ ।
प्रमुख निरौलाका अनुसार तीन करोड चार लाख ६३ हजार १२३ रुपियाँको १२ लाख दुई हजार ५०६ किलो आलु र ९२ लाख ८३ हजार ५६४ रुपियाँ बराबरको ५३ लाख ९१ हजार किलो गोलभेँडा आयात भएको छ । सोही अवधिमा दुई करोड ४७ लाख १७ हजार ३११ रुपियाँको फलफूल र ३७ लाख ५८ हजार ४४ रुपियाँको विभिन्न तरकारी पनि आयात भएको छ ।
यसैगरी सोही अवधिमा दुई करोड ४२ लाख ५५ हजार ४१२ रुपियाँको तीन लाख ५५ हजार पाँच सय किलो तोरी र आठ करोड चार लाख ९५ हजार ९७९ रुपियाँको २२ लाख ७३ हजार ५५ किलो गहुँ पनि आयात गरिएको छ ।
बन्दाबन्दीका बेला अन्य सामग्री आयात नभए पनि अत्यावश्यक सामग्री भने नियमित रूपमा आयात भइरहेको प्रमुख निरौलाले बताए ।
यसै क्रममा पाँच करोड ४७ लाख ९६ हजार ८२९ रुपियाँको ११ लाख ४१ हजार ३०० किलो चिनी र १४ करोड ९९ लाख ५९ हजार ४६ रुपियाँको १४ लाख ६३ हजार ३० किलो कोइला पनि आएको छ ।
यसैगरी सोही अवधिमा १७ हजार थान एकल प्रयोगको मास्क, १९ हजार दुई सय थान एन ९५ मास्क, ७० पिस थर्मामिटर, पाँच सय थान व्यक्तिगत सुरक्षा कवच ९पीपीई० र १३ हजार ३०४ किलो निर्मलीकरण सामग्री ९स्यानिटाइजर० आयात गरिएको प्रमुख निरौलाले बताए ।
यस अवधिमा १७ करोड ५९ लाख १६ हजार १२१ रुपियाँको पेटोलियम पदार्थसमेत आयात गरिएको भन्सार कार्यालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस