नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्ली स्थित दिल्ली क्यान्सर अस्पताललाई कोरोना विषेश अस्पताल बनाइए यता सबै भन्दा कम उमेरका बालकमा कोरोना संक्रमण पाइएको छ । अधिकारीहरुका अनुसार २ बर्षका बालकमा सो संक्रमण पाइएको हो ।
श्रोतका अनुसार सोही अस्पतालमा कार्यरत एक नर्सका २ बर्षका छोरामा सो संक्रमण पाइएको हो । ती नर्स हाल ८ महिनाकी गर्भवती समेत रहेकी छन् । ती वालकमा संक्रमण पाइए पश्चात उनको परिवारका अन्य सदस्यहरुको पनि स्वास्थ्य परिक्षण गरिएको छ ।
उक्त अस्पतालमा कार्यरत २३ स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पाइएको छ । संक्रमितहरु मध्ये ३ जना डाक्टर, नर्स तथा सरसफाई कर्मचारी रहेको पनि जानकारी पाइएको छ । हाल सो अस्पताल बन्द गरिएको छ ।
बेलायतबाट फर्केका आफ्ना नातेदार भेटेर फर्किएका एक डाक्टरबाट सो अस्पतालमा कोरोना संक्रमण फैलिएको पनि समाचारमा जनाइएको छ । हाल सो अस्पतालमा कार्यरत ५० भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ ।
कोरोना संक्रमणका कारण दिल्लीमा ३० जनाको मृत्यु भइसकेको छ भने १५६१ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा दिल्लीमा ५१ जना नयाँ संक्रमित थपिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस