काठमाडौँ– सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले सातै प्रदेशका सभामुख र उपसभामुखहरुसँग छलफल गरेका छन् ।
सभामुख सापकोटाले नोभल कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा सातै प्रदेशमा परेको प्रभाव र भइरहेको तयारीका विषयमा फोनबाट छलफल गरेका हुन् । लकडाउनपछि प्रदेशको समग्र अवस्था, कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशले गरिरहेका काम, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको उपलब्धता र सङ्घ, प्रदेश र स्थानीयतहबीचको समन्वय, आगामी दिनमा लिइने नीतिका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
छलफदमा सभामुख सापकोटाले प्रदेशमा विदेशबाट आएका नागरिकको अवस्था, उनीहरुलाई राखिएको क्वारेन्टाइन तथा अन्य व्यवस्थापन, स्वास्थ्यकर्मी तथा औषधिको उपलब्धता, परीक्षण र न्यून आय भएका र दैनिक ज्यालादारी मजदूरका लागि खाद्यान्नको उपलब्धताका विषयमा विस्तृत जानकारी लिए ।
प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि यथेष्ठ व्यवस्थापन गरिएको र सङ्घीय सरकारले घोषणा गरेको लकडाउन पालनामा कडाइ गरिएको बताएका छन् । प्रदेश नं २ का सभामुख सरोजकुमार यादवले भारतसँगको सीमामा थप कडाइका लागि सङ्घीय सरकारका गृहमन्त्रालयमार्फत समन्वय गरिदिन सङ्घीय संसद्का सभामुख सापकोटासँग आग्रह गरेका थिए । खुला सीमाका कारण प्रदेश नं २ मा जोखिम बढ्न सक्नेतर्फ सतर्क रहेको यादवको भनाइ छ ।
वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशमा लकडाउन पालनामा विशेष जोड दिएका थिए । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सचेततापूर्वक क्वारेन्टाइनमा बस्ने र परीक्षणको काम भइरहेको बताए ।
प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले लकडाउनको पालनालाई कडाइ गरिएको जानकारी गराएका थिए । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशमा स्वास्थ्य सामग्री र जनशक्तिको अभाव रहेको बताए ।
सुदूरपश्चिम प्रदेशका अर्जुनबहादुर थापाले लकडाउनको शुरुआती दिनमा भारतमा फर्किएका नागरिकलाई व्यवस्थापनमा कठिनाइ भए पनि हाल सहज भएको बताए ।
सभामुख सापकोटाले सातै प्रदेशका उपसभामुखसँग पनि छलफल गरी प्रदेशको वस्तुस्थितिबारे जानकारी लिएका छन् । टेलिफोन छलफलमा उपसभामुखहरुले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा काम हुनुपर्ने धारणा राखेका थिए ।
सभामुख सापकोटाले प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेल, प्रदेश नं २ का उपमा देव, वाग्मती प्रदेशका राधिका तामाङ, गण्डकी प्रदेशका सिर्जना शर्मा, प्रदेश नं ५ का कृष्णी थारु, कर्णालीका पुष्पा घर्ती र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडालसँग छलफल गरेको सचिवालयले जानकारी दिएको छ ।
सभामुख र उपसभामुखसँगको छलफलका क्रममा आएका विषयलाई सङ्घीय सरकारसँग समन्वय गरी समस्या समाधानका लागि सहजीकरण गरिने सभामुख सापकोटाले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस