काठमाडौं – कोभिड १९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएपछि ब्रिटिश प्रधामन्त्री बोरिस जोनसनले आफूलाई मलाई जे पनि हुन सक्थ्यो भनेका छन् ।
आफ्नो जीवन बचाइदिएकोमा स्वास्थ्यकर्मीहरूलाई उनले धन्यवाद दिएका छन् । कोरोनाभाइरस सङ्क्रमण देखिएको १० दिनपछि ५५ वर्षीय जोनसनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।
बिहीवार वार्डमा सारिनुअघि उनले अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताएका थिए । सामाजिक सञ्जाल ट्विटरमा राखेको भिडिओ सन्देशमा जोनसनले अस्पतालमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको आफूले व्यक्तिगत साहस देखेको बताएका छन्।
प्रधानमन्त्री जोनसनका अनुसार जेनी नाम गरेकी न्यूजिल्यान्डकी र लुइस नाम गरेकी पोर्चुगलकी नर्सहरूले सबैभन्दा गम्भीर ४८ घन्टा उनको सेवा गरेका थिए।
त्यसबाहेक अस्पताल बसाइका क्रममा अरू थुप्रै स्वास्थ्यकर्मीहरूले हेरचाह गरेको भन्दै उनले धन्यवाद दिए। राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीहरूले आफ्नो ज्यान जोखिममा पार्दै काम गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो।
प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले आफ्नो निवासमा आराम गर्ने जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस