धनगढी – सुदूरपश्चिम प्रदेशको कैलालीमा तीन र कञ्चनपुरमा एक गरी चार जना कोरोना संक्रमित देखिइसकेका छन् । संक्रमित चारै जनाको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले चारै जना बिरामीको अवस्था सामान्य रहेको जनाएको छ ।
सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालमा रूपान्तरण गरेको छ । तर, अस्पतालमा भने समस्या नै समस्यामा बल्झिएको छ । प्रदेशमा कोरोना संक्रमणले गम्भीर रूप लिएको अवस्थामा बिरामी राख्न अस्पतालमा पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर छैनन् । आवश्यकताअनुसारको जनशक्ति पनि छैन ।
हाल सेती प्रादेशिक अस्पतालमा पाँच बेड रहेको सघन उपचार कक्ष ९आईसीयू० र एउटा भेन्टिलेटर मात्र छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै अस्पतालमा २३ वटा आइसोलेसन वार्ड बनाइएका छन् । अस्पतालका डा। जगदीश जोशीले संक्रमण फैलिएको अवस्थामा यो तयारी पर्याप्त नरहेको बताए ।
उनले भने, ‘अहिलेलाई पर्याप्त भए पनि संक्रमण फैलिएको अवस्थामा भने भेन्टिलेटर, आईसीयू र आइसोलेसन वार्ड थप्नुपर्ने हुन्छ ।’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने, ‘अहिले हामीसँग एउटा मात्रै भेन्टिलेटर छ । अब तत्काल दुइटा किन्ने तयारी भइरहेको छ ।’
सेती प्रादेशिक अस्पतालमा तीन जना कन्सल्ट्यान्ट फिजिसियन र क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियन रहेका छन् । ११औं तहका ३० जना चिकित्सकको दरबन्दी भए पनि हाल १४ जना मात्रै कार्यरत रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।
हाल सेती प्रादेशिक अस्पतालमा फिजिसियन, स्त्रीरोग विशेषज्ञ र मेडिकल सुपरिटेन्डेन्टको पद रिक्त छ । बाल रोग विशेषज्ञ हेमराज पाण्डेयले मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका छन् ।
‘हामीकहाँ पहिलेदेखि नै चिकित्सकको अभाव थियो । त्यसैमाथि कोरोनाको परीक्षण र उपचार हुँदा थप समस्या परेको छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘उपकरण पठाएको सरकारले चिकित्सक नपठाउँदा हामीलाई कठिनाइ भएको छ ।’
गत १४ चैतमा दुबईबाट फर्किएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय युवकमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो । युवकमा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सकहरू नजिक जान पनि डराए । कारण थियो– पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट ९पीपीई० अभाव । समयमै सरकारले चिकित्सकलाई आवश्यक सामग्री उपलब्ध नगराउँदा उनीहरू जिम्मेवारीबाट पन्छिनुपरेको थियो । अहिले संघीय सरकारले सामग्री उपलब्ध गराए पनि अझै पर्याप्त नभएको चिकित्सकहरू बताउँछन् । राजधानी दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस