काठमाडौँ — सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल छिर्न खोज्ने नागरिकबीच यस्तो संवाद दिनहुँजसो हुन्छ । भारतका विभिन्न स्थानबाट आइपुगेकाहरू अनेक बहाना बनाएर सीमा पार गर्न खोज्छन् । सुरक्षाकर्मीहरू भने कोभिड–१९ संक्रमणको जोखिमका कारण रोक्छन् । यसक्रममा कहिलेकाहीं चर्कै विवाद पनि हुन्छ ।
कतिपय नागरिक भने सुरक्षाकर्मीको आँखा छलेर नेपाल भित्रिन्छन् । उनीहरूलाई स्थानीय तह र सुरक्षाकर्मीले खोजेर क्वारेन्टाइनमा राख्ने गरेका छन् । कतिपय ठाउँमा नेपाल प्रवेशका लागि सिमानामा आइपुगेकाहरूलाई भारतीय सुरक्षाकर्मीसँग समन्वय नगरे उतैका क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
प्रदेश २ स्थित सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी राजु अर्यालले बाली भित्र्याउने, गाईभैंसी हेर्ने बहानामा भारतबाट नेपाल प्रवेश गर्न खोज्नेको भीड नाकामा दिनहुँजसो लाग्ने गरेको बताए ।
कोभिड–१९ संक्रमणको जोखिम बढेपछि सरकारले नेपाल–भारत सीमा नाका जोडिएका पूर्वको पशुपतिनगरदेखि सुदूरपश्चिमको गड्डाचौकी नाकासम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले सीमा नाकाबाट हुने आउजाउ कडाइका साथ निषेध गर्न निर्देशन दिइसकिएको बताए । सीमा क्षेत्र वारपार गर्ने गोरेटोमा समेत अस्थायी चेकपोस्ट राखेर आउजाउ नियन्त्रण गरिएको उनले जानकारी दिए ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले भने खुला सिमानाका कारण आउजाउ नियन्त्रणमा कठिनाइ भएको बताए ।
सशस्त्र प्रहरीले नेपाल–भारत करिब १ हजार ८ सय ८० किमि लम्बाइको सिमानामा ९ सय २५ स्थानमा चेकप्वाइन्ट खडा गरेको छ । त्यसमध्ये ४ सय ३९ चेकप्वाइन्ट लकडाउनपछि स्थापना गरिएका हुन् ।
डीआईजी अर्यालले दशगजा वारि तार र डोरी टाँगेर आउजाउ नियन्त्रण गरिएको बताए । नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले प्रहरी र सशस्त्र प्रहरीले ‘साङ्लो’ जस्तो नै बनाएर सीमामा आउजाउ नियन्त्रण गरिरहेको बताए ।
भारतीय सीमातर्फ सशस्त्र प्रहरीले ९ सय २५ स्थान र नेपाल प्रहरीले ४ सय ५ स्थानमा चेकप्वाइन्ट खडा गरेर सीमा सिल गरेका छन् । दुवै सुरक्षा निकायबाट करिब १० हजार जनशक्ति फिल्डमा तैनाथ छन् । कान्तिपुर दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस