रियाद– साउदी अरबका युवराज मोहम्मद विन सलमान विन अब्दुल्लाजिज अल साउद र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच उर्जा बजारको स्थिरताका लागि फोनवार्ता भएको साउदी प्रेस एजेन्सीले शनिबार जनाएको छ ।
टेलिफोनमार्फत् भएको कुराकानीमा उहाँहरूबीच कोरोनाभाइरसबाट प्रभावित विश्व अर्थतन्त्रलाई थप प्रभावित हुनबाट जोगाउन सहकार्य गर्दै अघि बढ्ने बिषयमा छलफल भएको बताइएको छ ।
यसअघि शुक्रबार भएको वार्तामा साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउद, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीच पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातकर्ता मुलुकहरू र अन्य केही मुलुकका मन्त्रीहरूबीच भिडियो सम्मेलनमार्फत कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण प्रभावित अर्थतन्त्रलाई उकास्न उर्जा बजारको स्थिरताबारे बिहीबार भएको छलफल र यसका निष्कर्षका बिषयमा विचारहरू आदानप्रदान भएका थिए ।
बैठकमा मेक्सिको बाहेकका तेल उत्पादक राष्ट्रहरूबीच समग्र तेलको कच्चा पदार्थ उत्पादनलाई कटौती गर्ने सहमति भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस