टोकियो- विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जापानमा रहेका विभिन्न निकायले सो संक्रमण रोक्न आ-आफ्नो क्षेत्रबाट सके जति प्रयास गरिरहेका छन् ।
सोही प्रयासलाई सघाउन जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलले आफ्नो सेवामा कटौति गरेको छ । २ वटा रनवे भएको सो विमानस्थलले अब एउटा रनवे बाट मात्र सेवा सञ्चालन गर्ने भएको छ ।
हाल विमानस्थलमा हुने गरेका उडानहरुमा ८० प्रतिशत सम्म कटौति भएका कारण २५०० मिटर लामो सो रन वे ‘बी’लाई भोलिबाट अर्को सुचना नआएसम्मका लागि बन्द गरिन लागिएको विमानस्थल प्रशाशनले जनाएको छ । तर ४००० मिटर लामो रन वे ‘ए’ भने सञ्चालनमा नै रहने विमानस्थलले जनाएको छ ।
विमानस्थल प्रशासनका अनुसार सन् १९७८ मा सञ्चालनमा आए यता यो नै पहिलो घटना हो जसमा विमानस्थलको रन वे नै बन्द गरिएको हो ।
यसका अलावा जापानका अन्य विमानस्थलहरुले पनि आफ्नो सेवालाई घटाउदै आएका छन् ।
हानेडा विमानस्थलले पनि गत मार्च महिनाबाट मात्र टोकियो ओलम्पिकका लागि भनेर ५७२ मिलियन अमेरिकी डलर खर्चेर बनाएको टर्मिनल २ बन्द गर्ने बताएको छ । सो टर्मिनल आन्तरिक विमान सञ्चालनका लागि प्रयोग गरिन थालिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस