काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकार भन्दा भिन्न कुनै पनि राजनीतिक संयन्त्र आवश्यक नभएको दाबी गरेका छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्स मार्फत् कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी पेस गरेका हुन्।
शनिबार प्रधानमन्त्रीको कार्यालय सिंहदरवार पुगरे सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग कुरा गरेका प्रधानमन्त्रीले लकडाउन तत्काल अन्त्य गर्ने योजना नरहेको मुख्यमन्त्रीहरूलाई बताएका थिए। उनले कोभिड-१९ परास्त गर्न सामाजिक दूरी कायम गर्नुको विकल्प समेत नभएको बताएको प्रधानमन्त्रीलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले सरकार स्वयंले अथोरिटीका साथ काम गरेको बताउनुभयो। १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह गर्नुभयो,’ थापाले भनेका छन्। उनले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारिरीक रूपमा तन्दुरूस्त र त्यसबापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताएका थिए।
‘लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट पार्नुभयो। भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन। यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराउनुभयो,’ बैठकपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भनेका छन्।
कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले कोरोनाको जोखिम न्यूनीकरणमा गरेका कामबारे सबै प्रदेश सरकारले गरेका काम कारबाहीबारे जानकारी लिएका थिए।
लकडाउनमा प्रशासनिक लापरबाही नगर्न, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने बताएका प्रधानमन्त्रीले केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिनेसमेत बताएका थिए।
जनतालाई दु:ख दिन नभई, जनताको जीवनरक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन प्रधानमन्त्रीले आग्रह गरेका थिए। सरसफाईमा ध्यान दिन, माक्स र चस्मा प्रयोग गर्न र पनि उनले आग्रह गर्नुपर्ने बताएका थिए।
प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग बिहान ११:३० देखि अपरान्ह ३: ४० बजेसम्म सिहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी भिडियो कन्फ्रेन्सिङ गरेका थिए।
यसअघि एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताभन्दा बाहिरका दलसमेत समेटेर उच्चस्तरीय राजनीतिक संयन्त्रण गर्न आवश्यक रहेको बताएका थिए। उनको यो धारणमा पूर्व एमाले खेमाका दोस्रो तहका नेताहरुले विरोध गर्दै आएका छन्। यद्यपि नेकपा सचिवालय कमिटीका सदस्यहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस