काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष ९आईसीयू० मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्र्स खटाउनुपर्ला ? अनुमान गर्नुहोस्।
अन्नपूर्णपोष्ट दैनिकले लेखेको खबर अनुसार, संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक र ३० जना नर्सलाई मात्र तालिम दिएको छ।
अहिले कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा स्थिर अवस्थामा रहेको छ। यसको रोकथाम र उपचारका लागि खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीले आधारभूत सामग्री र उपकरणको अभाव भोगिरहेका बेला संक्रमण बढे परिचालनका जनशक्ति अभाव हुने देखिएको छ।
भविष्यमा संक्रमित बढी पाइएको अवस्थामा ती जिल्लामा तालिमप्राप्त चिकित्सक र नर्सलाई लैजाने योजना छ। यो जनशक्ति अपर्याप्त रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। प्रादेशिक अस्पतालमा यिनै तालिमप्राप्त स्वास्थ्यकर्मीलाई खटाइनेछ।
अहिले संघीय सरकारले सातवटै प्रदेशमा सहसचिवको नेतृत्वमा तीन ÷तीन जना कर्मचारी खटाएको छ। क्वारेन्टाइनको अवस्था अनुगमन गर्ने, प्रयोगशालाको अवस्था र थ्रोट स्वाबको परीक्षण हेर्ने, कर्मचारी व्यवस्थापनलगायत कार्यको समन्वयका लागि खटिएका छन्। प्रदेशमा खटिएका एक सहसचिवका अनुसार कर्मचारी व्यवस्थापनको अवस्था कमजोर छ। ‘यदि कोरोना भाइरसको संक्रमण बढेको अवस्थामा उपचारमा खटिने दक्ष चिकित्सक र नर्सको अभाव खड्किने देखिन्छ’, ती सहसचिवले भने।
स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेलले मुलुुकका ७७ वटै जिल्ला अस्पतालमा चिकित्सकसहित नर्स र पारामेडिक्सलाई तालिम दिनुपर्ने बताए। उनले भने, ‘लकडाउन समयमै नगर्दा नौ जना संक्रमित भेटिए। चिकित्सक र नर्सलाई समयमै तालिम दिएर तयारी अवस्थामा नराख्दा महामारीको अवस्थामा अप्ठ्यारो हुन्छ।’
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलियो र महामारीको रूपमा लिएको अवस्थामा चिकित्सकलगायत स्वास्थ्यकर्मी अभाव खड्किने देखिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस