कस्तो अचम्मको शिर्शक ? होटल अनि मानिसहरु नजाने । तपाइ पनि षिर्षक पढेर यहि सोच्ना थाल्नुभयो होला । तर यो वास्तविक हो ।
उत्तर कोरियामा एक होटल छ जसमा आजसम्म कोहि पनि नागरिक गएर खाएका अनि बसेका छैनन् । अब तपाइ सोच्न थाल्नु भयो की यो होटल पक्कै पनि तानाशाही शाशक किम जोङ उनको हो । तर होइन । यो एक सामान्य होटल हो । आउनुस् सो होटल बारे केही रोचक तथ्य जानौँ ।
उत्तर कोरियामा एउटा यस्तो होटल रहेको छ, जहाँ अहिलेसम्म कुनै ग्राहक बसेका छैनन् । राजधानी प्याङयोङमा अवस्थित पिरामिड आकारको यो गगबनचुम्बी १ सय ५ तले भवन हो, रुयुगयोङ । सो होटल होटल यू–क्युङ नामले परिचित छ । ३३० मिटर अग्लो कुल १ सय ५ तले भवनमा अहिलेसम्म कोही बसेको छैन । बाहिरबाट शानदार रहे पनि यो होटल ‘भुतिया होटल’ले परिचित छ ।
केही समय पहिले अमेरिकी म्यागजिन स्क्वायरले होटललाई ‘मानव इतिहासकै सबैभन्दा खराब भवन’ भन्ने दर्जा दिएको थियो ।
यस होटल ५ सय ७० मिलियन डलर खर्च भएको छ । यो रकम कुल उत्तर कोरियाको कुल ग्रार्हस्थ उत्पादनको दुई प्रतिशत थियो । तर पनि यो होटल आजसम्म सञ्चालनमा आउन सकेको छैन ।
यस होटललाई विश्वकै अग्लो होटल बनाउने तयारी गरिएको छ तर यसले अहिले बेग्लै पहिचान बनाएको छ । सबैभन्दा अग्लो बिरानो भवनको रूपमा यसले गिनिज बुकमा नामसमेत दर्ज गराउन सफल बनेको छ । भवनको निर्माण लामो समयदेखि सुरु भई रोकिंदै फेरि सुरु हुँदै निर्माण सम्पन्न भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस