काठमाडौँ-कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब अहिलेसम्म कट्टी नगरिएको सरकारले बताएको छ ।
शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले अहिलेसम्म तलब कट्टी नगरिएको बताए ।
सरकारले विभिन्न तहका कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब कट्टी गर्ने निर्णय गरेपनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब क्टटी नभएको बताए । उनले उच्च मनोबलका साथ काम गर्न पनि स्वास्थ्यकर्मीहरुमा आग्रह गरे ।
यस्तै आइतबारयता छैटौँ दिनसम्म नेपालमा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन् । शनिबार एकैदिन तीनजनामा कोरोना भाइरसको लक्षण देखिए पनि त्यसयता भने नयाँ विरामी फेला नपरेको प्रवक्ता देवकोटाले बताए ।
पछिल्लो २४ घण्टामा परीक्षण रिपोर्ट आएका ६ सय ३० जनामा पनि नेगेटिभ देखिएको छ । उपत्यका ४ सय १ र बाहिर २ सय २९ वटा परीक्षण भएका छन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले अहिलेसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण भएको बताए । अहिले ८ सय भन्दा बढी नमुना परीक्षणको क्रममा रहेका छन् ।
बिहीबारबाट ¥यापिड डाइग्नोष्टिक परीक्षण सुरु गरिएको छ । सातवटै प्रदेशमा ५ हजारका दरले वितरण गरिएकोमा केही जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको मन्त्रालयले जनाएको छ ।
४ जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबारयता ३ सय ३९ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी कञ्चनपुरमा ३ सय ७६, कपिलवस्तुमा २१ र बाग्लुङमा १९ जनाको परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको प्रवक्ता डा. देवकोटाले बताए ।
उपत्यका बाहिर १० स्थानबाट कोरोना परीक्षण भइरहेको छ । कोशी अस्पतालमा शुक्रबारबाट मेसिन जडान भएसँगै उपत्यका सहित देशभरी १० स्थानबाट परीक्षण थालिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले डडेल्धुरा, बैतडी तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ७ सय बढी नमुना परीक्षणका लागि संकलन गरि पठाएको छ ।
सरकारले सेवा बाहिर रहेका र अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई स्वेच्छिक रुपमा आवद्ध हुन पनि आग्रह गरेको छ । शुक्रबार ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यका भित्र १५ र बाहिर ११० गरी १ सय २५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस