काठमाडौं – विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण अहिले नेपाल ‘लकडाउन’ मा छ । नेपाल–भारत सीमा पनि बन्द गरिएको छ । भारततर्फ पनि ‘लकडाउन’ छ ।
नेपाल–भारत सरकारले नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपालीको उचित व्यवस्थापन गर्ने सहमति गरेका छन् । सीमा बन्द भएका कारण आवतजावत रोकिएको छ । तर, खुला सीमा भएको भारतबाट विभिन्न बहानामा अझै पनि भारतीय नागरिक नेपाल भित्रिइरहेका छन् ।
दक्षिण झापाको विभिन्न खुला सीमाबाट भारतीय नागरिक लुकेर नेपाल प्रवेश गर्ने गरेका छन् । खासगरी सीमा क्षेत्रमा नेपालतिर खेती गर्न भन्दै भारतीय प्रवेश गर्ने गरेका छन् ।
गौरीगन्ज गाउँपालिका–१ स्थित महाभारा, झोडालगायत क्षेत्रमा मात्र दुई बिघा बढी नेपालतर्फको खेती भारतीयले गर्छन् । नेपाल प्रवेशमा रोक लगाइएको समयमा पनि उनीहरू ओहोरदोहोर गरिरहेको स्थानीयको भनाइ छ ।
मेची खोलाका कारण टापुजस्तै बनेको भारतको किसनगन्ज जिल्लाका जनता, पल्सा, डाकुपाडालगायत क्षेत्रका कृषक खेती गर्न नेपाल आउने गरेका हुन् ।
त्यहाँका करिब १५० परिवारले दुई सय बिघाभन्दा बढी नेपाली जमिनमा खेती गर्दै आएको गौरीगन्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस