नेपालगन्ज- पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले नेपालगन्जस्थित विभिन्न क्वारेनटाईनमा बसेकाहरुको लागि ५ दिन पुग्ने खाद्यान्नका साथै नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
नेपालगन्जस्थित क्वारेन्टाइनमा रहेकाहरुको खानाको व्यवस्थापन गर्दै आएको श्री गुरूनानक सिंह सभालाई विहिबार पुर्वमन्त्री राईले ५ दिन पुग्ने खाद्यान्न तथा अन्य तरकारी लगायतका लागि २५ हजार रुपैयाँ नगद समेत प्रदान गरेका हुन् |
पुर्वमन्त्री राईले प्रदान गरेको सहयोग खाद्यान्न र नगद श्री गुरूनानक सिंह सभाका अध्यक्ष राजेन्द्रसिह सरदारले बुझ्दै राईलाई हृदयदेखि धन्वाद दिंदै आभार समेत प्रकट गरे ।
सो अवसरमा बोल्दै पूर्वमन्त्री राईले क्वारेन्टाइनमा बसेकाहरुका लागि खाद्यान्नको समस्या हुन नदिने जनाउँदे आवश्यकता अनुसार राहात दिने कार्य जारी राखिने बताए ।
उनले श्री गुरूनानक सिंह सभा लगायत अन्य संघसंस्थाले हालसम्म गरेको योगदानको उच्च कदर गर्दै कुनै पनि हालतमा गुरुद्धाराको लंगर बन्द हुन नदिने प्रतिबद्धता जनाए |
राईद्धारा प्रदान गरिएको खाद्यान्नमा २७५ किलो जिरा मसिनो चामल ५० किलो दाल र ३० किलो चना रहेको छ । २५ हजार रुपैयाँ नगद तरकारी तथा मसलाका लागि दिइएको जनाईएको छ ।
पुर्वमन्त्री राईले एक सातादेखिनै नेपालगन्ज लगायत वरिपरिका सयौं जना विपन्न र ज्याला मजदुरी गरेर खानेहरुलाई राहात वितरण गरिरहेका छन । राहात वितरण निरन्तर जारी रहने पनि जनाइएको छ |
त्यस्तै उनले यसअघिनै मास्क वितरणका साथै अस्पतालहरुलाई विभिन्न प्रकारका अतिआवश्यक स्वास्थ्य सामाग्री पनि वितरण गरिसकेका छन् ।
पूर्वमन्त्री राइकै पहलमा नेपालगन्जलाई सेनिटाइज गर्ने कार्य पनि गरिएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस