काठमाडौं-कोरोनाभाइरस सङ्क्रमणको महामारीको जोखिम कम गर्न भन्दै नेपालका विभिन्न कारागारबाट ३८५ कैदीहरू रिहा भएका छन् ।
रिहा हुनेमा जघन्य र गम्भीर प्रकृतिका अपराधबाहेक अन्य मुद्दामा दोषी ठहर भई कैद भोगिरहेका व्यक्ति रहेका गृह मन्त्रालयअन्तर्गत रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।
सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको एउटा विशेष आदेशका आधारमा सरकारले यस्ताे निर्णय गरेको हो। गत चैत्र ७ गते सर्वोच्च अदालतले एक वर्ष वा सोभन्दा कम कैद सजाय तोकिएका कैदीलाई जिल्ला अदालत वा न्यायिक निकायको सिफारिसमा रिहा गर्न सरकारलाई आदेश दिएको थियो।
आफ्नो मुक्तिका लागि सम्बन्धित कारागारमार्फत् निवेदन दिएका ३९२ मध्ये १६८ जना र बालसुधार गृहबाट २१७ जना कैदी रिहा भएका हुन्।
रिहा भएकामध्ये ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकको सङ्ख्या ७० र अन्य केही पनि छुट्ने क्रममा रहेको विभागले जनाएको छ। छुट्न पाऊँ भनी केन्द्रीय कारागारमा निवेदन दिनेमध्ये अन्तर्राष्ट्रिय रूपमा कुख्यात अपराधी चार्ल्स शोभराज पनि रहेको बताइएको छ।
तर उनी जघन्य अपराधमा सजाय भोगिरहेको र अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको खोजी सूचीमा पनि रहेकोले छुट्न सम्भव नभएको विभागले जनाएको छ।
हत्या, बलात्कार, अपहरणसहित विभिन्न १९ वटा अपराधलाई निषेधित मुद्दाका रूपमा वर्गीकरण गरी त्यस्ता अभियोग लागेकाले छुट नपाउने कानुनी व्यवस्था छ।
विभागका महानिर्देशक प्रदीपराज कणेलले भने, ‘अदालतको आदेशले देशभरिका कारागार केही खुकुलो भएको र कोरोनाभाइरसको सङ्क्रमणको जोखिम केही कम भएपनि हाम्रा कारागारहरूले क्षमताभन्दा बढी कैदी राख्न बाध्य छन्।’
विभागका अनुसार देशका ७२ जिल्लामा रहेका ७४ कारागारमा झन्डै २५,००० कैदीबन्दी छन्। सरकारले विभिन्न वार्षिक समारोहको छेको पारेर गम्भीर प्रकृतिका अपराधबाहेक अन्यमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीलाई छुट दिँदै आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस