मुम्बई – कोरोनाको संक्रमण फैल्याएको भन्दै बलिउडकी चर्चित गायिका कनिका कपुरविरुद्ध मुद्दा परेको छ । उनले आफ्नो कोरोना संक्रमणको उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी छन् । आफ्नो गृहनगर लखनउको पीजीआई अस्पतालमा उनले कोरोना संक्रमणको उपचार गराएकी हुन् । उनी अस्पताल भर्ना भएको १४ दिनपछि घर फर्किएकी छन् । उनको कोरोनासन्धी पछिल्लो दुईवटा परीक्षण नेगेटिभ आएपछि अस्पतालले उनलाई घर पठाएको हो ।
अस्पतालबाट छुट्न नपाउँदै यी गायिकाविरुद्ध सार्वजनिक रूपमा कोरोना भाइरस फैल्याएको भन्दै अदालतमा मुद्दा परेको छ । आफूलाई कोरोना संक्रमण हुँदा पनि विदेशबाट आएको बेला होम क्वारेन्टाइनमा बस्नुको सट्टा कन्सर्ट गरेर रोग फैल्याएको आरोप उनीमाथि छ ।
अदालतले गायिकालाई हाजिर हुनलाई पुर्जीसमेत काटिसकेको अवस्था छ । त्यसैले कोरोनाको तनाव मुक्त नहुँदै फेरि अदालतको चक्कर काट्नुपर्ने तनावले गायिका कनिका अहिले तनावमा छिन् ।
गायिका कनिकालाई अबको १४ दिनपछि अदालतमा हाजिर हुनुपर्ने पुर्जी आइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस