भक्तपुर-विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।
नेपालको धार्मिक, सांस्कृतिक र परम्परागत क्षेत्र पनि सम्भावित सङ्क्रमणको मारमा परिरहेको छ । नयाँ वर्षको आगमनसँगै आठरात नौदिनसम्म भक्तपुरमा भव्यरुपमा मनाइने नेपालको एक ठूलो जात्रा बिस्केट जात्रा पनि कोरोना भाइरसकै कारण रोकिन पुगेको छ । यो जात्रा इतिहासमै पहिलो पटक रोकिएको इतिहास र संस्कृतिका जानकारहरुको भनाइ छ ।
यो जात्रा आउन अब दुईदिन बाँकी छ तर भव्य रुपमा हुनुपर्ने यसको तयारी भने रोकिइसकेको छ । विश्वमै फैलिएको महामारीको सम्भावित सङ्क्रमण नेपालमा पनि रोक्न सरकाले देशैभर बन्दाबन्दी (लकडाउन) को घोषणा गरेको र हजारौँको सङ्ख्यामा उपस्थित हुनुपर्ने जात्रामै पनि सङ्क्रमणको खतरा रहने भएकोले यसवर्ष यो जात्रा औपचारिक पूजामा मात्र सीमित हुने भएको हो ।
नेपाली साहित्य, संस्कृतिका अन्वेषक एवं संस्कृतिविद् सूर्यविनायक निवासी ८६ वर्षीय तेजेश्वरबाबु ग्वंग विश्वप्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा रोकिएर औपचारिक पूजामा मात्र सीमित हुन पुगेको इतिहासमै यो पहिलो पटक हो भन्छन |
उनि भन्छन – ‘बिगतमा भूकम्प, विपद् या जस्तोसुकै सङ्कटको समयमा पनि यो जात्रा रोकिएन तर यसवर्ष कोरोना भाइरसको सङ्क्रमण रोक्न पनि हजारौँको सहभागितामा रथ तान्ने र लिङ्गो उठाउने जस्ता कार्य हुने भएकाले रोकियो |’
यस्तो बेलामा जात्रा रोक्नु राम्रो भए पनि यसको ऐतिहासिकता जोगाउन ध्यान दिनुपर्नेमा भने त्यसो हुन नसकेको उनको भनाइ छ ।
रथ बनाएर भैरवको मूर्तिलाई रथमा राखी विधिवत् पूजा गर्ने, भित्र्याउने र ल्यासिंखेलमा सानो प्रतीकका रुपमा दुई चारजनाले लिङ्गो उठाएर परम्परा कायम राख्नुपर्ने उहाँ बताउनुहुन्छ । भैरवको रथ तान्दैगर्दा पल्टिएपछि मर्मत गरेर तान्ने, लिङ्गो उठाउँदा भाँचिए अर्को लिङ्गो उठाउने परम्परा रहेको बताउँदै उहाँ इतिहासलाई मर्न दिन नहुने बताए ।
भक्तपुरका सामाजिक अभियन्ता एवं बिस्केट जात्रा व्यवस्थापनमा वर्षौंदेखि सक्रिय टौमढीका ७५ वर्षीय अनन्तप्रसाद धौभडेल राष्ट्रिय विपत्तिमा समेत नरोकिएको बिस्केट जात्रा इतिहासमै पहिलो पटक रोकेर पूजामा सीमित हुनुपरेको बताउछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस