काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ का बिरामीको उपचार तोकिएको अस्पताल मात्रै प्रयोग गरिने बताएका छन् । कोराना उपचारको तयारीबारे विभिन्न छ अस्पतालको अनुगमन गरेर फर्किएको टोलीसँग उनले मन्त्रालयमा जानकारी लिएर निर्देशन दिने क्रममा भने, “जुन अस्पतालमा कोरोनाका बिरामीको उपचार हुन्छ, त्यो अस्पताल पूर्णरुपमा कोरोनाको उपचारमा मात्र प्रयोग गरौँ ।”
मन्त्री ढकालले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको अस्पताल पूर्णरुपमा कोरोनाका लागि उपचार शुरु गराउने र ती अस्पताल भरिएपछि मात्र अन्य अस्पतालमा उपचार गराउनुपर्ने बताएका छन् । उनले सबै मिलेर काम गर्दामात्र सफलता प्राप्त गर्न सकिने भन्दै कोरोनाविरुद्धको लडाइँमा पनि सामूहिक रुपमै काम गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने, “एक व्यक्तिले भन्दा सामूहिकरुपमा काम गर्दा राम्रो हुन्छ र त्यो सफल पनि हुन्छ ।” उनले जस्तोसुकै चुनौती पनि सामूहिकताको माध्यमबाट सामना गर्न सकिने भएकाले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै काम अघि बढाउनुपर्ने बताएका छन् । उनले स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै उच्च मनोबलका साथ काम गराउन विभिन्न काउन्सिलका पदाधिकारीलाई निर्देशन पनि दिएका छन् ।
कोराना उपचारका लागि तयार गरिएका अस्पतालको तयारीका बारेमा अनुगमन टोलीका तर्फबाट नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले अवस्थाका बारेमा बताएका थिए । टोलीले कोराना उपचारको तयारीबारे विभिन्न छवटा अस्पतालको अनुगमन गरेको थियो । सोमा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल र भक्तपुर अस्पताल रहेका छन् । अनुगमनमा छवटै अस्पताल कोरानाको उपचारका लागि पूर्णरुपमा तयार भएका पाइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस