काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रभावकारी कदम चालेकै कारण नेपालमा कोरोनाको संक्रमण भयावह नभएको बताएकी छिन ।
देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल सरकारले अहिले गरिरकेको गृहकार्यलाई विश्वले प्रशंसा गरिरहेको पनि बताईन् । उनले सरकारले घोषणा गरेको लकडाउनमना सक्दो सहयोग गर्न र घरभित्रै बसिदिन आग्रह गरेकी छिन् ।
आफ्नै घरमा बसेर सामाजिक दुरी कायम गरे रोगसँग लड्न सकिने र संक्रमण फैलिएर भयावह अवस्था आउन नपाउने उनको भनाई थियो । यस्तै लकडाउनको समयमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरु अलि धेरै प्रभावित भैरहेको भन्दै त्यस्ता वर्गका लागि सरकारले विभिन्न राहत प्याकेजको घोषणा गरेको बताएकी छिन् ।
कोरोना भाईरसले निम्त्याएको लकडाउनले नेपालको मात्रै नभई विश्वकै अर्थतन्त्रमा प्रभाव परेको भन्दै उनले लकडाउनको यो परिस्थितिपछि सरकारले आवश्यक कदम अघि बढाउने दाबी गरिन् । उनले विभिन्न देशमा रहेका नेपालीलाई जहाँ जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा सुरक्षित भएर बस्न पनि आग्रह गरेकी छिन् ।
यस्तै नेपाललाई विभिन्न देशले प्रदान गरेको सहयोग र देखाएको तत्परताप्रतिपनि उनले धन्यवाद दिएकी छिन् । संक्रमित विरामीको उपचारका लागि सरकार पुरै तयारी अवस्थामा रहेको भन्दै उनले अहोरात्र खटिरहने सबै निकायलाई धन्यवाद दिएकी छिन् । डाक्टर, नर्स र समग्र स्वास्थ्यकर्मीको धैर्यताको उच्च सम्मान गर्दै उनले यो लडाईमा मानव जातीले छिट्टै जित्ने बताएकी छिन् ।
यो परिस्थितिमा राजनीतिक दल, उद्योग, व्यापारी, स्वायंसेवी लगायत संस्थाहरुलाई आफूले सकेको सहयोग गर्न पनि उनले आग्रह गरेकी छिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस