किगाली– कोरोनाभाइरस सङ्क्रमणका लागि सरकारले देशव्यापी बन्द ‘लकडाउन’ को घोषणा गरेसँगै गरिब रूवान्डावासीको दैनिकी निकै कष्टकर बनेको र लकडाउनको समय लम्बिएका कारण यो पीडा थप गहिरो बनेको त्यहाँका यहाँका अधिकारीले बताएका छन् ।
सरकारले घोषणा गरेको लकडाउनसँगै प्रहरीले अत्यावश्यक काममा बाहेक सडकमा आवागमनमा रोक लगाएको छ ।
व्यापारीहरूले सानो भूपरिवेष्ठित मुलुक रूवाण्डामा खाद्यान्न अभावको चेतावनी दिएका छन् । उनीहरूका अनुसार यहाँका नागरिकले दैनिक न्यूनतम खाद्यान्नको जोहो गर्नसमेत कठिनाई भएको छ । बन्दले स्थानीय अर्थव्यवस्थामा नराम्रो असर पारेको छ जसमा कम आय भएको रुवाण्डा निर्भर छ ।
“परिवारलाई खुवाउनको लागि मलाई भोक लाग्नुप¥यो,“ अभावकाबीच परिवारको खाद्यान्न व्यवस्थापनबारे किगालीका चारबालबालिकाकी विधवा आमा रेगेन मुरेंगेरेन्टवारीले बताइन् । उनले भनिन्, “सरकारको लकडाउनको घोषणा मार्च २१ बाट लागु भएपछि स्थानीयको आम्दानी गर्ने अवसरहरू बन्द भएका छन् । कसरी दुई छाक टार्ने ? समस्या भैसकेको छ ।”
कोरोनाभाइरस सङ्क्रमणको समस्या देखिएसँगै रूवाण्डाले अफ्रिकामा सबैभन्दा पहिले अतिआवश्यकीय सेवाबाहेकका क्षेत्रमा पूर्णरूपमा सटडाउनको नीति अख्तियार गरेको थियो ।
कोरोना सङ्क्रमण फैलिन रोक्ने प्रयासमा अफ्रिकी यो मुलुकले अतिआवश्यक काममा बाहेक दुई हप्ताका लागि घर बाहिर निस्कन प्रतिबन्ध लगाएकोमा सङ्क्रमण रोक्ने प्रयासलाई निरन्तरता दिँदै अर्को दुई हप्ता लम्ब्याएको छ । यसका कारण गरिबीमा रहेका अधिकांश नागरिक भोकमरीको सङ्घारतर्फ धकेलिएका छन् । कोरोना सङ्क्रमित हुने क्रम रोकिएमा रूवाण्डामा यही अप्रिल १५ पछि लकडाउनको अवधि पुरा हुनेछ ।
बिहीबारसम्म रूवाण्डामा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ भने छ जना उपचारपछि घर फर्किएका छन् । उहाँ कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भने भएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस