काठमाडौं – रसायन तथा मेडिकल सामान आपूर्ति गर्दै आएका नेपाली व्यवसायीहरूले कोरोनाभाइरसको रोकथाम र उपचारका लागि आवश्यक पर्ने सामग्रीहरू सरकारलाई उपलब्ध गराउन आफूहरू तयार रहेको बताएका छन्।
स्वास्थ्य मन्त्रालयले त्यस्ता सामानको खरिदका लागि यस अघि गरेको सम्झौता रद्द गर्ने निर्णय गरे लगत्तै उनीहरूको यस्तो भनाइ आएको हो।
तर अन्तर्राष्ट्रिय बजारमा समेत त्यस्ता सामानको अभाव रहेको भन्दै उनीहरूले पटकपटक गरेर ती सामग्री भित्र्याउने र विमान चार्टर गर्ने प्रक्रियामा सरकारले सघाउन पर्ने बताएका छन्।
देशभर कोरोनाभाइरसको रोकथाम र उपचारका लागी आवश्यक पर्ने सामग्रीहरूको अभाव देखिएपछि सरकारले द्रुत विधिबाट सामान खरिद प्रक्रिया अगाडि बढाएको थियो।
तर खरिद सम्झौता गरिएको कम्पनी, सामानको मूल्य अनि गुणस्तर माथि प्रश्न उठेपछि स्वास्थ्य सेवा विभागले उक्त सम्झौता रद्द गरेर नयाँ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
योसँगै यसअघिको खरिद प्रक्रियाको विरोध गरेका नेपाली व्यवसायीहरूमाथि ती सामान आपूर्ति गर्ने जिम्मेवारी आउने देखिएको छ।
सरकारको निर्णय लगत्तै छलफलमा जुटेका उनीहरूले तोकिएका सामान ल्याउन आफूहरू तयार रहेको बताएका छन्।
रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले सकेको सहयोग गर्ने भनेर हामी छलफल गरिरहेको बताएका छन् । तर त्यसमा सरकारको सहजीकरणको आवश्यकता पर्ने उनीहरूको भनाइ छ।
सामान ल्याउन आवश्यक पर्ने विमान, ब्याङ्किङ् कारोबारको सहजीकरण र किस्तामा सामान ल्याउने व्यवस्था गरिनुपर्ने उनीहरूको भनाइ छ।
हाल आफूहरुसँग भएका सामान पहिले बोलकबोल गरिएकै मूल्यमा सरकारलाई दिने र नयाँ सामानको मूल्य भने अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा तोक्नुपर्ने अध्यक्ष घिमिरेको भनाइ छ। बीबीसी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस