दार्चुला– भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो ।
लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उनको ठगुन्ना झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको जानकारी आएको उनका आफन्त प्रमानन्द ठगुन्नाले बताएका छन् ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले जनाएका छन् ।
नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् । मृतकका आफन्त चिन्तन ठगुन्नाले भने, “हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछाँै, नेपाल–भारत जोड्ने झोलुङ्गेपुल खुलाउने व्यवस्था गराइदिनुप¥यो । भारतमा मजदुरको मृत्यु भएका कारण अहिले शव नेपाल ल्याउनै समस्या भएको छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस